चैत्र १३, २०८२ शुक्रबार | १६:२८:०२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

अस्मिता इबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा छनोट

काठमाडौं । अस्मिता दुवाल भारतको  हुने इबा वर्ल्ड वुमन्स बक्सिङ च्याम्पियनसिपमा छनोट भएकी छन् ।

बिहिबार सम्पन्न फ्लाई लाईट वैट ५० किलो तौल समुहको फाइनल खेलमा एचटुओकी अस्मिताले नेपाल प्रहरीककी दिवाना शेर्मालाई अंकको आधारमा ३ः२ अंकले पराजित गरिन् ।  

दुवाल र शेर्माले सेमिफाइनलमा  क्रमश आरडिएक्सकी रमिशा श्रेष्ठलाई ४ः१ तथा आर्मीका आरती बम्जनलाई ४ः१ अंक को आधारमा पराजित गरेका थिए ।

महिला ५२ केजी तौल समुहको फाइनल खेलमा अन्जनी तेलीले टिएसीकी वर्षा श्रेष्ठलाई अंकको आधारको आधारमा ५ः० र ५४ किलो तौल समुहमा मिनु गुरुङले एपिएफकी शर्मिला तामाङलाई  अंकको आधारमा ५ः० ले पराजित गर्दै  जित हासिल गर्दै छनोट भएका छन् ।

महिला फेदर वैट ५७ किलो तौल समुहको फाइनल खेलमा आर्मीकी चन्द्रकला थापाले झापाकी सुस्मिता राईलाई  अंकको आधारमा ५ः० पराजित गर्दै छनोट भएकी छन् । 

६० किलो तौल समुहको फाईनल खेलमा एपिएफकी संगिता सुनारले आर्मीकाी निरु गुरुङलाई अंकको आधारमा ४ः१ ले पराजित गर्दै छनोट भइन् ।

यसैगरी मिडिल वैट ७५ किलो तौल समुहको फाइनलमा एपिएफकी सरस्वती रानामगरले झापाकी त्रिसा जवेगुलाई अंकको आधारमा ५ः० पराजित गर्दै छनोट भएकी थिइन् ।

नेपाल बक्सिङ संघको  आयोजनमा भइरहेको राष्ट्रब्यापी खुल्ला छनोट प्रतियोगितामा महिला ४८ किलो तौल समुहमा भर्खरै थाइल्यान्डमा सम्पन्न एएसबिसी यु-२२ एसियन च्याम्पियनसिपमा रजत पदक विजेता सुस्मा तामाङलाई संघको निर्णय अनुसार सिधै छनोट गरिएको छ ।

प्रतियोगिता भारतको राजधानी नयाँ दिल्लीमा मार्च १३ देखि २७ सम्म हुनेछ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो