माघ ६, २०८२ मंगलबार | १८:५६:१४
एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार एन्फा राष्ट्रिय लिगः मंगलबारका दुबै खेल बराबरीमा सकियो साफ महिला यु-१९ च्याम्पियनसिपः नेपालको पहिलो खेल भारतसँग तीन गोलको अग्रता जोगाउन नसक्दा नेपालले पाकिस्तानसँग दुई अंक गुमायो अफगानिस्तानसँग वेष्ट इन्डिज पराजित प्रिमियर लिग खेल्न कराते टोली इस्तानबुल प्रस्थान गर्दै पाकिस्तानलााई हराउँदै भारत उक्लियो शीर्ष स्थानमा, भुटानको पहिलो जित एन्फा राष्ट्रिय लिगः मछिन्द्रको लगातार दोस्रो जित, मनाङ फेरि पराजित एन्फा राष्ट्रिय लिगः लालिगुँरास र एनआरटी विजयी एन्फाको अर्ली इलेक्सनः एन्फा भन्छ, ‘तेस्रो पक्षको हस्तक्षेप भए प्रतिबन्ध‘, पूर्व अध्यक्ष थापा भन्छन्, ‘कुनै हस्तक्षेप भएको छैन, कानून मान्नैपर्छ’ साफ महिला फुटसलः बंगलादेशसँग नेपालको हार

एथ्लेटिक्समा आर्मी च्याम्पियन, शीर्ष तीन स्थानमा विभागीय टोली

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको चार गुणा चार सय मिटर रिलेको महिला–पुरुष दुवैतर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।

बिहीबार बिहान पोखरा रंगशालामा पुरुषतर्फ आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको टिमले ३ मिनेट १८.३६ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते ।

निर्धारित दूरी पार गर्न ३ मिनेट २५.८२ सेकेन्ड खर्चिँदै एपिएफले रजत पदक जित्यो । नीरप्रताप महतो, आशिष चौकरी, शिवराज पार्की र सन्दीप नेपालीको टिमले एपिएफलाई रजत दिलाएको हो ।

अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको टिमले ३ मिनेट २९.३५ सेकेन्डमा दौड पूरा गर्दै नेपाल पुलिस क्लबलाई कास्य दिलाए ।

महिलातर्फ सरस्वती भट्टाई, जयरानी थारु, निर्मला थापा र कलेसी चौधरीको टिमले ४ मिनेट ०२.७८ सेकेन्डमा दूरी पूरा गर्दै आर्मीलाई स्वर्ण दिलाए ।

लुम्बिनीका लागि रजत पदक जितेको निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको टिमले ४ मिनेट १४.८० सेकेन्डमा दौड पूरा गरेको थियो ।

निर्धारित दूरी पार गर्न ४ मिनेट २२.७९ सेकेन्ड खर्चिएको बागमती प्रदेशको अञ्जु खड्का, रजिना दुलाल, स्वगता खाइजु र सन्तोषी श्रेष्ठको टिमले कास्य जित्यो ।

बिहीबार एथ्लेटिक्सका सबै ३७ स्वर्णका स्पर्धा सम्पन्न भएका छन् । सबै स्पर्धाको भिडन्त सकिँदा आर्मीले अन्य खेलमा झै एथ्लेटिक्समा पनि बर्चस्व कायम राख्यो ।

एथ्लेटिक्समा आर्मी १९ स्वर्ण, १३ रजत र १३ कांस्यसहित कुल ४५ पदकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । शीर्ष तीन स्थानमा विभागीय टोलीले कव्जा जमाउने क्रममा सशस्त्र प्रहरी बल (एपिएफ) १० स्वर्ण, १० रजत र १० कांस्य गरि कुल ३० पदकका साथ दोस्रो तथा दुई स्वर्ण सात रजत र ६ कांस्य गरि कुल १५ पदक जितेको नेपाल पुलिस तेस्रो स्थानमा छ ।

दुई स्वर्ण, एक रजत र चार कांस्य गरि कुल सात पदक जितेको बागमती चौथो स्थानमा रहँदा दुई स्वर्ण, चार रजत र एक कांस्य गरि ६ पदक जितेको लुम्बिनी पाँचौं स्थानमा छ । गण्डकीले एक स्वर्ण, एक रजत र दुई कांस्य गरि चार पदकका साथ छैटौं स्थान सुरक्षित गर्दा एक स्वर्ण र एक रजत पदक जितेको कर्णाली सातौं स्थानमा छ । सुदूरपश्चिमले एक कांस्य पदक जित्यो । प्रदेश एक, मधेष र गैह्र आवासीय नेपाली संघ (एनआरएनए)ले एथ्लेटिक्समा एउटै पदक जित्न सकेनन् ।


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate