चैत्र ४, २०८२ बुधबार | १९:३७:२५
इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित सन्दीपले बेल्जियममा खेल्ने पिएम कपका विजेताहरु सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित

एथ्लेटिक्समा आर्मी च्याम्पियन, शीर्ष तीन स्थानमा विभागीय टोली

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथ्लेटिक्सको चार गुणा चार सय मिटर रिलेको महिला–पुरुष दुवैतर्फ त्रिभुवन आर्मी क्लबले स्वर्ण पदक जितेको छ ।

बिहीबार बिहान पोखरा रंगशालामा पुरुषतर्फ आर्मीका सोमबहादुर कुमाल, रामप्रसाद थारु, जीवन चौधरी र प्रकाश दनुवारको टिमले ३ मिनेट १८.३६ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते ।

निर्धारित दूरी पार गर्न ३ मिनेट २५.८२ सेकेन्ड खर्चिँदै एपिएफले रजत पदक जित्यो । नीरप्रताप महतो, आशिष चौकरी, शिवराज पार्की र सन्दीप नेपालीको टिमले एपिएफलाई रजत दिलाएको हो ।

अमृत बोट, सहनचन्द्र शाह, तेजबहादुर कार्की र अरुण महतो थारुको टिमले ३ मिनेट २९.३५ सेकेन्डमा दौड पूरा गर्दै नेपाल पुलिस क्लबलाई कास्य दिलाए ।

महिलातर्फ सरस्वती भट्टाई, जयरानी थारु, निर्मला थापा र कलेसी चौधरीको टिमले ४ मिनेट ०२.७८ सेकेन्डमा दूरी पूरा गर्दै आर्मीलाई स्वर्ण दिलाए ।

लुम्बिनीका लागि रजत पदक जितेको निशा थारु, सम्झना थारु, अरुणा रिजाल र रामकुमारी थारुको टिमले ४ मिनेट १४.८० सेकेन्डमा दौड पूरा गरेको थियो ।

निर्धारित दूरी पार गर्न ४ मिनेट २२.७९ सेकेन्ड खर्चिएको बागमती प्रदेशको अञ्जु खड्का, रजिना दुलाल, स्वगता खाइजु र सन्तोषी श्रेष्ठको टिमले कास्य जित्यो ।

बिहीबार एथ्लेटिक्सका सबै ३७ स्वर्णका स्पर्धा सम्पन्न भएका छन् । सबै स्पर्धाको भिडन्त सकिँदा आर्मीले अन्य खेलमा झै एथ्लेटिक्समा पनि बर्चस्व कायम राख्यो ।

एथ्लेटिक्समा आर्मी १९ स्वर्ण, १३ रजत र १३ कांस्यसहित कुल ४५ पदकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । शीर्ष तीन स्थानमा विभागीय टोलीले कव्जा जमाउने क्रममा सशस्त्र प्रहरी बल (एपिएफ) १० स्वर्ण, १० रजत र १० कांस्य गरि कुल ३० पदकका साथ दोस्रो तथा दुई स्वर्ण सात रजत र ६ कांस्य गरि कुल १५ पदक जितेको नेपाल पुलिस तेस्रो स्थानमा छ ।

दुई स्वर्ण, एक रजत र चार कांस्य गरि कुल सात पदक जितेको बागमती चौथो स्थानमा रहँदा दुई स्वर्ण, चार रजत र एक कांस्य गरि ६ पदक जितेको लुम्बिनी पाँचौं स्थानमा छ । गण्डकीले एक स्वर्ण, एक रजत र दुई कांस्य गरि चार पदकका साथ छैटौं स्थान सुरक्षित गर्दा एक स्वर्ण र एक रजत पदक जितेको कर्णाली सातौं स्थानमा छ । सुदूरपश्चिमले एक कांस्य पदक जित्यो । प्रदेश एक, मधेष र गैह्र आवासीय नेपाली संघ (एनआरएनए)ले एथ्लेटिक्समा एउटै पदक जित्न सकेनन् ।


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं