चैत्र १८, २०८२ बुधबार | ०७:४४:१०
कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू गौरीशंकर सुपर लिग टी-२० क्रिकेट प्रतियोगिता हुने गुजरातद्वारा पञ्जाबलाई १६३ रनको लक्ष्य नेपालको दयनीय प्रदर्शन, लाओससँग फेरि हार्यो पहिलो हाफमा नेपालले लाओसलाई रोक्यो, युवराजको डेब्यु

ट्रिपल जम्पमा एपिएफकी शिलालाई स्वर्ण

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी खेलाडी शिला चौधरीले नवौं राष्ट्रिय खेलकुदको महिला ट्रिपल जम्पमा स्वर्ण पदक जितेकी छन् । बिहीबार बिहान पोखरा रंगशालामा भएको खेलमा उनले ११.०१ मिटर जम्प गर्दै एपिएफलाई स्वर्ण पदक दिलाइन् ।

यस्तै, नेपाल पुलिस क्लबकी सीमा चौधरीले १०.७६ मिटर जम्प गरेर रजत पदक तथा एपिएफकै रञ्जिता राईले ९.९१ मिटरसहित कास्य पदक जितिन् ।

यसअघि लुम्बिनी प्रदेशकी धाविका निशा चौधरीले महिला २०० मिटर दौडमा स्वर्ण पदक जितेकी थिइन् । बिहीबार बिहान पोखरा रंगशालामा उनले दौड पूरा गर्न २५.२४ सेकेन्ड खर्चिइन् ।

सोही स्पर्धामा दौड पूरा गर्न २५.९५ सेकेन्ड खर्चिएकी एपिएफकी रमिता कुमारी थारुले रजत पदक जितिन् । नेपाल पुलिस क्लबकी लक्ष्मी साउदले २६.५२ सेकेन्डसहित कास्य पदक जितिन् ।

२०० मिटर पुरुषमा एपिएफका शिवराज पार्कीले स्वर्ण पदक जितेका छन् । शिवराजले पोखरा रंगशालामा बिहीबार बिहान उनले २१.९१ सेकेन्डमा दौड पूरा गरेका थिए ।

निर्धारित दूरी पूरा गर्न २२.०५ सेकेन्ड खर्चिएका एपिएफकै आशिष चौधरीले रजत तथा २२.५० सेकेन्ड खर्चिएका त्रिभुवन आर्मी क्लबका युवराज विकले कास्य पदक जिते ।

नवौं राष्ट्रिय खेलुकदमा शिवराजको यो तेस्रो स्वर्ण पदक हो । यसअघि उनले पुरुष १०० मिटर दौड र पुरुष चार मिटर रिलेमा पनि स्वर्ण जितेका थिए ।

बिहीबार बिहाननै भएको पुरुष ५ हजार मिटर दौडमा शिवराजकै दाजु गोपीचन्द्र पार्कीले स्वर्ण जितेका छन् । उनले १४ मिनेट २९.६७ सेकेन्डमा पूरा गरे ।

निर्धारित दूरी पार गर्न १४ मिनेट २९.९३ सेकेन्ड खर्चिँदै कर्णालीका दुर्गाबहादुर बुढाले रजत पदक जिते । यस्तै, त्रिभुवन आर्मी क्लबका मुकेश पालले १४ मिनेट ३६.६० सेकेन्डमा दौड पूरा गरेर कास्य जिते ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो