चैत्र ७, २०८२ शनिबार | १३:११:०५
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

पोखरा म्याराथनमा १३ राष्ट्रका ५० विदेशीको सहभागिता रहने

पोखरा  । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपुर्व खेलाडी मञ्चको आयोजनामा हुने सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १८औं संस्करणको तयारी पुरा भएको छ ।

शनिबार हुने म्याराथनका लागि सम्पूर्ण तयारी पुरा भएको र सहभागी धावकका लागि नाम दर्ता समेत माघ २८ गते सकिएको आयोजकले बताएको छ । उक्त दर्ता अनुसार पोखरा म्याराथनको विभिन्न विधामा गरी नेपालसहित १४ राष्ट्रका धावकले सहभागिता जनाउने भएका छन् ।

मञ्चले प्रतियोगिताबारे जानकारी दिन बिहिबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको म्याराथनतर्फ १०८ जनाको सहभागिता ररहनेछ । महिला हाफ म्याराथनमा १७, १० किमी पुरुषमा १२९, महिलामा २९, छात्र ५ किमिमा ५९०, छात्रामा ४८० जनाले सहभागिता जनाउनेछन् । प्रतियोगितामा कुल ५० विदेशी धावक रहेको जानकारी दिएको छ ।

जस अनुसार म्याराथनतर्फ ३१, महिला हाफ म्याराथनमा पाँच, १० किमी पुरुतर्फ ११ र महिलातर्फ तीन जना विदेशीले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित बंगलादेश, क्यानडा, चीन, फ्रान्स, जर्मनी, हङकङ, भारत, जापान, केन्या, पोल्याल्यान्ड, साउदी अरेबिया, ताइवान, बेलायत र अमेरीकाका धावकहरुको सहभागिता रहनेछ । पोल्याण्ड बाहेक सबै राष्ट्रबाट म्याराथनमा सहभागिता रहेको छ ।

म्याराथनको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ३ लाख, तेस्रोले २ लाख तथा सान्त्वनाले  ३० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

यस्तै गण्डकी प्रदेशतर्फको विजेताले ५० हजार, दोस्रो ३० र तेस्रो हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला हाफ म्याराथनको विजेताले एक लाख ५० हजार दोस्रो एक लाख, तेस्रोले ७५ हजार सान्त्वनाले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

१० किमी महिला तथा पुरुषतर्फको विजेताले समान ३० हजार,दोस्रो २० र तेस्रोले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच किमी छात्र/छात्रा दौडको विजेताले तथा ५ किमी भेट्रान महिला /पुरुषतर्फको विजेताले समान १५ हजार, दोस्रोले १० हजार र तेस्रो हुनेले ७ हजार रुपैयाँ पाउनेछन् ।

म्याराथनलाई मुख्य प्रायोजन लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको सफल दुधले गरेको छ । यस्तै गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद्ग,ण्डकी, पोखरा-लेखनाथ महानगरपालिका, पोखरेली मञ्च युके, नेपाली समाज अस्ट्रेलिया, तमुधी युके, गैर आवासीय नेपाली संघ, ब्रिटिश कलेज, वि विल राइज फाउन्डेसन, रोटरी क्लब, डायमण्ड बुद्धिस्ट सेन्टर युके, तमु समाज युके, बगर भाइखलक युके, कृषि विकास बैंकलगायतको प्रायोजन रहेको छ भने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशले प्रवर्द्र्धन गर्नेछ ।

कार्यक्रममा अस्ट्रेलियाका संयोजक चन्द्र प्रकाश गुरुङले गैर आवासीय नेपाली संघ अस्ट्रेलियाबाट प्राप्त १ लाख र आफ्नोतर्फबाट संकलित १ लाख ३६ हजार ५ सय मञ्चका अध्यक्ष हरि प्रसाद पराजुलीलाई हस्तान्तरण गरे ।

त्यस्तै पोखरेली मञ्च युकेका अध्यक्ष करम गुरुङले  गैर आवाशिय नेपाली संघ, तमु धिं युके, बगर भाई खलक युकेबाट संकलित रकम करिब १९ लाख २४ हजार २ सय ४० रुपैयाँ हस्तान्तरण गरे । यसैगरी  बगर भाइ खलक यूकेका अध्यक्ष दिलरास गुरुङले आफ्नोतर्फबाट ५० हजार  रुपैयाँ हस्तान्तरण गरे ।

कार्यक्रममा हालै खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने  एनएसजेफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गतको स्पेसल अवार्डबाट सम्मानित हुने मञ्चका आजिवन सदस्य एवं अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितलाई मञ्चका अध्यक्ष पराजुलीले बधाई दिएका थिए ।

कार्यक्रममा पहिलो पटक पोखरा म्याराथनको गितका रचनाकार आरजु विष्ट सल्यानी र युवा गायक बिनोद बानियालाई सम्मान गरिएको थियो । 
 

रुट परिवर्तन

पत्रकार सम्मेलनमा अध्यक्ष हरिप्रसाद पराजुलीले सुरक्षाको दृष्टिकोणले गर्दा रुट परिवर्तन गरेको जानकारी दिए ।

यसअघिका संस्करणहरुमा प्रयोग हुँदै आएको रुटमा परिवर्तन गरिएको हो । अबको नयाँ रुट मुख्य पोखरा बजारमा १७ किमि र बाँबकीको दौड फेवातालको सिरानतर्फ जानेछ ।

यस पटक प्रतियोगिताको समापन समेत फेवातालस्थित हल्लनचोकको क्यापिङ साइटमा हुनेछ । यस्तै प्रतियोगितालाई थप व्यवस्थित बनाउनका लागि चिप्सको प्रयोग गरिने भएको छ । यसअघि म्याराथनमा मात्रै प्रयोग गरिएको चिपलाई १८औं संस्करणमा भने सबै विधामा प्रयोग गरिनेछ । जसले धावकको समय निर्धारण गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो