वैशाख २६, २०८२ शुक्रबार | ०९:३९:२३
टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता

नेपालगञ्ज म्याराथनः गोपी र सन्तोषीलाई उपाधि

तस्विर: सामाजिक सञ्जाल

काठामाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले नवौं धारा नेपालगन्ज म्याराथनको उपाधि जितेका छन् ।

गोपी पुरुष म्याराथन र सन्तोषी महिला हाफ म्याराथनमा च्याम्पियन बनेका हुन् । गोपी दोस्रो तथा सन्तोषी तेस्रो पटक च्याम्पियन बनेका हुन् ।

शनिबार भएको म्याराथनमा गोपीले साबिक विजेता आर्मीका खडकबहादुर खड्कालाई पछी पारे। गोपीले निर्धारित दुरि २ घण्टा २१ मिनेट ३९ सेकेन्डमा पूरा गरे । खडकले निर्धारित दुरि २ घन्टा २२ मिनेट ९ सेकेन्डमा पूरा गरेका थिए ।

तेस्रो स्थानका किरणसिंह बोगटीले निर्धारित दूरि पार गर्ने २ घण्टा २५ मिनेट ४४ सेकेन्ड लगाए । चौथो स्थानका सन्तोष विक्रम बिष्टले निर्धारित २ घन्टा ३० मिनेट १८ सेकेन्डमा पूरा गरे । मोहनदेव जिसी, प्रेम बस्नेत, शेरबहादुर बुढा र अजय विक पाँचौं देखि आठौं स्थानमा रहे ।

विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसैगरी चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैठौले १० हजार तथा सातौ र आठौलाई समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

सन्तोषीले निर्धारित दुरि १ घन्टा २० मिनेट ५२ सेकेन्डमा पूरा गरिन् । फुलमती राना १ घन्टा २१ मिनेट ९ सेकेन्डका साथ दोस्रो तथा पुषा भन्डारी १ घन्टा २३ मिनेट ३५ सेकेन्डको समयमाका साथ तेस्रो स्थानमा रहे । बृन्दा ढाकेँ श्रेष्ठले चौथो तथा राज्यलक्ष्मीले पाँचौं स्थान हासिल गरे।

प्रथम हुनेले ७५ हजार, दोस्रो हुनेले ५० हजार, तेस्रोलेले २५ हजार रुपैयाँ प्राप्त गरे । यसैगरी चौथो हुनेले १५ र पाँचौं हुनेले १० हजार रुपैयाँ पाए ।

१० किलोमिटर पुरुषतर्फ दुर्गा बुढा ३१ मिनेट १५.३६ सेकेन्डको समय निकाल्दै पहिलो भए । नरेन्द्रसिँह राउतले ३१ मिनेट २४.३२ सेकेन्डमा पूरा गर्दै दोस्रो तथा धर्म महर्जनले ३४ मिनेट ११.१८ सेकेन्डमा तेस्रो स्थान हासिल गरे ।

महिला १० किलोमिटरमा राममाया बुढा ३७ मिनेट ४९.७७ सेकेन्डका साथ च्याम्पियन बनिन्। आशा रावतले ३९ मिनेट ५४. २७ सेकेन्डको समय निकाल्दै दोस्रो तथा सारा बुढा  ४६ मिनेट १०.५४ सेकेन्डका साथ तेस्रो स्थान हासिल गरे । ।

१० किलोमिटर महिला र पुरुष दुवैतर्फका विजेताले ३० हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ पाए ।

५ किलोमिटर स्कुल पुरुषतर्फ दिपेन्द्र बोहरा पहिलो, अजय राना दोस्रो र सरोज सिँह तेस्रो भए । ५ किलोमिटर स्कुल महिलातर्फ कल्पना बुढा पहिलो, बिमला कार्की दोस्रो र मोतिकला डाँगी तेस्रो स्थानमा रहे ।

५ किलोमिटर करपोर्टतर्फ योगेश मल्ल पहिलो, रबी दोस्रो र राम कृष्ण लामिछाने तेस्रो भए । व्हिलचियरतर्फ यज्ञबहादुर खत्रीले पहिलो, रोहितकुमारले दोस्रो र सरसेराली तेस्रो स्थान हासिल गरे । ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्धन्द्ध विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता ९५ मंसिर २०६३० स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदै आएको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP