विद्यालय खेलकुद

स्वस्तिश्री गुरुकुल रोड रेस सम्पन्न

काठमाडौं।  सानो भर्याङ्मास्थित स्वस्तिश्री गुरुकुल आइवी वर्ल्ड स्कूलले खेलप्रेमी विद्यार्थीहरुका लागि खेलकुदप्रति बढी आकर्षित अनी दक्ष बनाउने उद्देश्य राखेर ‘रन फर नेसनलपिस’ को नाराका साथ रोड रेस-२०७९ सम्पन्न गरेको छ ।

खेलाडीहरुलाई जुम्बा, वार्मिङ अप गराइ विहान ८ः०५ बजे रोड रेसको उद्घाटन प्रमुख अतिथी वैकुण्ठ मानन्धरले गरेका थिए । 

उक्त दौड प्रतियोगितामा करिब दुई सय ४६ जना छात्र÷छात्रा ले विभिन्न विद्यालय तथा संथाको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए ।

प्रतियोगिता सोह्र वर्ष मुनीका छात्र र छात्राको दुई समुहमा गरिएको थियो । छात्रतर्फ पाँच किलोमिटर र छात्रातर्फ तीन किलोमिटरको दुरी कायम गरिएको थियो।

छात्रतर्फ हिमाल अधिकारीले १९ः०५ः०१ मिनेटमा तोकिएको दुरी पार गरी प्रथम स्थान हासिल गर्दा १९ः५६ः९९ मिनेटमा दौड पूरा गर्दै दिपेन्द्र बोहोरा दोस्रो स्थानमा रहे । सनम शेर्पाले २०ः०४ः२३ मिनेटमा तोकिएको दुरी पार गरी तेस्रो स्थान हासिल गर्न सफल भए ।

चौथो देखी १० औं । स्थान प्राप्त गर्न सफल क्रमशः बादलकार्की, हस्त सुनार, चक्का रोकाय, रोहितबोटे, गौतम राई, सुजल स्याङ्तान र रोशन श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरे ।

यसैगरी छात्रातर्फ विमला कार्कीले १५ः०९ मिनेटमा तोकिएको दुरी पार गरी प्रथम स्थान हासिल गर्दा निर्धारित दुरी १५ः१० मिनेटमा पार गरी डोमा बुढाले दोस्रो स्थान प्राप्त गरेकी थिइन् । ओहाना कार्कीले १५ः२५ मिनेटमा तोकिएको दुरी पार गरी तेस्रो स्थान हासिल गर्न सफल भएकी थिइन् ।

चौथो देखी १० औं स्थानमा रहेका  क्रमशः अनुसिया तण्डुकार, आइस्मा आचार्य, अस्मिता थापा, आयुशा राई, भावना नाथ, मनिता लामा र मीना घर्ती मगरले सान्त्वना पुरस्कार पाए ।  ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र दशौँ स्थानसम्म प्रप्त गर्ने छात्र÷छात्राहरुलाई पुरस्कार स्वरुप मेडल, ट्रफी र प्रमाण पत्रका साथै क्रमशः २५ हजार, २० हजार, १५ हजार र पाँच हजार रुपैयाँ  प्रदान गरिएको थियो ।