वैशाख २६, २०८२ शुक्रबार | १५:१४:४५
एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता

एक हजार पाँच सय मिटर दौडमा राममायालाई स्वर्ण

काठमाडौं । नेपाल प्रहरी क्लबकी राममाया बुढाले गोल्डेन एथलेटिक्स मिटको महिला एक हजार पाँच सय मिटर दौडमा आइतबार स्वर्ण जितेकी छन् ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राममायाले निर्धारित दूरी पाँच  मिनेट ००.६ सेकेन्डमा पूरा गरिन् । नेपाल एपिएफ क्लबकी फुलमती राना दोश्रो तथा आशा रावत तेश्रो भए । 

सो स्पर्धाको पुरुषमा प्रहरीका नागेश्वर ऐरले चार मिनेट ०८.९ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते । एपिएफका सन्जिव नेपाली दोश्रो तथा विकेश घिमिरे तेश्रो स्थानमा रहे ।

एथलेटिक्स परिवार नेपालले आयोजना गरेको प्रतियोगिताको महिला १० हजार मिटर दौडमा प्रहरीकी रेखा विष्टले ३९ मिनेट ३८.७ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । दोलखाकी अन्जु खड्काले रजत तथा प्रहरीकी सुमिगा चौधरीले कांस्य हात पारे ।

पुरुष चार गुणा एक सय मिटर रिलेमा एपिएफ पहिलो, लुम्बिनी दोश्रो र प्रहरी तेश्रो भए । सो स्पर्धाको महिलामा एपिएफ पहिलो, हिमालयन एन्जल्स दोस्रो र प्रहरी तेस्रो स्थानमा रहे ।

पुरुष एक सय मिटर दौडमा कर्णालीका युवराज विकले स्वर्ण, एपिएफका शिवराज पार्कीले रजत र एपिएफकै निरप्रताप महतोले कांस्य जिते ।

महिला चार सय मिटर दौडमा ५९.७० सेकेन्ड समयसाथ एपिएफकी रमिताकुमारी थारु पहिलो एपिएफकै कल्पना श्रेष्ठ दोश्रो तथा दाङकी अरुजा रिजाल तेश्रो भए ।

महिला हाइजम्पमा लम्जुङकी सिमा श्रेष्ठ एक मिटर ३६ सेन्टीमिटर उचाइ नाघ्दै पहिलो भइन् । प्रहरीका लक्ष्मी साउद दोश्रो तथा विर्सना फुयाँल तेश्रो भए ।

महिला लङजम्पमा दाङकी निशा चौधरी, प्रहरीकी सिमा चौधरी दोश्रो तथा एपीएफकी रन्जिता राई क्रमशः शीर्ष तीन स्थानमा रहे । पुरुष हाइजम्पमा कपिलवस्तुका प्रभु थापा पहिलो भए । उनले एक मिटर ६२ सेन्टीमिटर उचाइ नाघे । प्रहरीका चन्द्रदेव जोशी दोश्रो तथा कैलालीका नरबहादुर साउद तेश्रो  भए ।

महिला सय मिटर दौमा दाङकी निशा चौधरी पहिलो भइन् । निशाले निर्धारित दूरी तय गर्न १२.५३ सेकेन्ड लगाइन् । प्रहरीकी लक्ष्मी साउद र ललितपुरकी रजिना दुलाल तेश्रो बने । 

पुरुष चार सय मिटर दौडमा प्रहरीका तेजबहादुर कार्कीले स्वर्ण जिते । उनले ५१.४५ सेकेन्डमा दौड सकाए । लुम्बिनीका तुलसीराम थारु दोश्रो तथा एपिएफका आशिष चौधरी तेश्रो स्थान हासिल गरे ।

पुरुष लङजम्पमा एपीएफका सलिम देवानले स्वर्ण चुमे । उनले सात मिटर ०९ सेन्टीमिटर दूरी तय गरे । लुम्बिनीका सुदीप थारु दोश्रो तथा प्रहरीका मिथुन चौधरी तेश्रो भए ।

पुरुष १० हजार मिटर दौडमा पर्वतका तीर्थ पुनले बाजी मारे । तीर्थले ३० मिनेट ४७.१ सेकेन्ड समय निकाल्दै स्वर्ण जितेका हुन् । एपिएफका राजेन्द्र तामाङ दोश्रो तथा सन्तोषविक्रम विष्ट तेश्रो भए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP