काठमाडौं । नुवाकोटको विदूर नगरपालिकामा ‘स्वास्थ्यका लागि खेलकुद’ विषयमा तालिम कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को सहयोग र समन्वयमा तालिमको आयोजना गरेको हो ।
कार्यक्रमको मुख्य उद्धेश्य शिक्षक र स्कुल नर्सको क्षमता सुदृढिकरण गरेर खेलको माध्यमबाट गैर संक्रामक रोगको रोकथाम र स्वास्थ्य जागरुकता ल्याउनु रहेको एनओसीले जनाएको छ ।
बिहीबारको कार्यक्रममा एनओसीका उपाध्यक्ष चतुरानन्दराज बैद्य तथा सचिवद्वय रामकृष्ण श्रेष्ठ र रमेश शिवाकोटीले स्रोत व्यक्तिका रूपमा सहभागिता जनाएका थिए ।
एनओसीले ‘स्वास्थ्यका लागि खेलकुद’ कार्यक्रम अन्य जिल्लामा पनि गर्ने योजना बनाएको छ ।
विभिन्न जिल्लाका स्थानीय र स्कुलका स्वास्थ्यकर्मीसम्म पुगेर खेलकुदको माध्यमबाट स्वास्थ्य सचेतना बढाउने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।
शुक्रबार एनओसीले लिखु गाउँपालिकामा पनि तालिम कार्यक्रम आयोजना गर्यो ।
