माघ १४, २०८२ बुधबार | २१:१५:४२
समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज समूह ए को विश्लेषणः भारत र पाकिस्तान नै बलियो दक्षिण अफ्रिकाले वेष्ट इन्डिजलाई हरायो श्रीलंकाविरुद्धको सिरिज इङ्ल्यान्डलाई १५औँ खुम्बु ल्होसार कप माघ २४ गतेदेखि अर्ली इलेक्सनः एन्फाको विधान, साधारणसभाको म्यान्डेट र कानुनको निर्देशन विपरित ‘सुपर सब’ फागुरामप्रेरित सातदोबाटोविरुद्ध प्लानिङको रोमाञ्चक जित मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय यु-२० महिला टोलीको अन्तिम टोली घोषणा के पाकिस्तानले ट्वान्टी २० विश्वकप बहिस्कार गर्नेछ ? लालिगुराँस र आर्मीले खेले बराबरी श्रीलंका र इङ्ल्यान्डको निर्णायक एकदिवसीय आज

नेपालमा पहिलो पटक आयोजित उसुको ओलम्पिक सोलिडेरिटी कोर्स सम्पन्न

काठमाडौं । नेपाल उसु महासंघले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीसँगको सहकार्यमा ओलम्पिक सोलिडेरिटी राष्ट्रिय उसु प्रशिक्षक टेक्निकल कोर्स सम्पन्न गरेको छ ।

नेपालमा पहिलो पटक आयोजना भएको यो कोर्स काठमाडौको डल्लुस्थित अर्थ क्वीक मेमोरियल मल्टिप्रपोज कभर्डहलमा आइतबारदेखि बिहीबारसम्म सञ्चालन गरिएको थियो ।

कार्यक्रमको उद्घाटन र समापन नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले गरेका थिए ।

बिहीबार रोयल सिंगी होटलमा भएको कोर्सको समापन समारोहमा ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले खेललाई नतिजबाट बुझ्न  यस्तो कोर्स निकै महत्वपूर्ण भएको बताए । ‘मेहेनत गरेर पनि पोइन्ट आएन भने त्यसको के काम हुन्छ?’, श्रेष्ठ भने, ‘सोलिडेरिटी कोर्सले पोइन्ट कसरी लिन सकिन्छ, खेलको नियम कस्तो हुन्छ त्यसलाई बुझाउने मौका मिल्ने हुँदा सुखद नतिजा ल्याउन मद्दत पुग्छ ।’

टेक्निकल कोर्समा ६५ जना प्रशिक्षक सहभागी भएको महासघंंका महासचिव ल्हाकपाछिरिङ लामाले जानकारी दिए । अन्तर्राष्ट्रिय उसु महासंघका विज्ञद्वारा प्रशिक्षण दिईने भएकाले कोटा भन्दा बढि प्रशिक्षक सहभागी भएको महासचिव लामाले बताए ।

ट्रेनिङ कोर्समा भारतबाट थाउलोमा दुई जना तथा सान्दामा चार जना गरी ६ जना प्रशिक्षक सहभागी भएको महासचिव लामाले बताए ।

सहभागीलाई उसुको थाउलु विधाका प्रोफेसर लिन छाउमिन र सान्दाका एइ उईले प्रशिक्षण दिएका थिए ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।