फाल्गुन १०, २०८१ शनिबार | ००:०१:५८
आहारारा गोल्डकप: पोखरेलीको इमोसन डोपिङ प्रकरणले विभाजित विश्व टेनिस पुनर्निर्माण खोजिरहेको म्यानचेस्टर सिटी यस्तो छ महिला एसिया र विश्वकप छनोटको खाका रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने आहारारा गोल्डकप: पोखरेलीको इमोसन डोपिङ प्रकरणले विभाजित विश्व टेनिस पुनर्निर्माण खोजिरहेको म्यानचेस्टर सिटी यस्तो छ महिला एसिया र विश्वकप छनोटको खाका रायन रिकेल्टनको शतकप्रेरित दक्षिण अफ्रिकाको सानदार सुरुआत अर्किड कपः उपाधिका लागि हिलारी र वेस्ट ग्रुप भिड्ने ललितपुरको मार्की खेलाडीमा अनन्तकै निरन्तरता सन्तोषी श्रेष्ठ सम्मानित लिभरपुल र पिएसजी च्याम्पियन्स लिगको अन्तिम-१६ मै प्रतिस्पर्धा गर्ने पदम र नरेनले पोखराबाटै एनएसएल खेल्ने

यु-२० राष्ट्रिय रग्बी मंगलबार र बुधबार हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

काठमाडौं । नेपाल महिला रग्बी क्लबको आयोजनामा फागुन ६ र ७ गते राष्ट्रिय यु-२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप हुने भएको छ।

भक्तपुरको मध्यपुर मैदानमा हुने च्याम्पियनसिपमा ६ प्रदेश र दुई  क्लब गरि आठ टोली सहभागी हुने क्लबका अध्यक्ष एलिसा थापाले आइतबार त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् ।

प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइनेछ । सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरिएको छ । लिग चरणपछि प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

समूह ‘ए’ मा बागमती, गण्डकी, आयोजक महिला रग्बी क्लब र मधेश प्रदेश तथा  ‘बी’ मा हिमालयन टाइगर रग्बी क्लब, सलहेश युवा क्लब (कोशी), सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश  छन् । समूह विभाजनको ‘ड्र’ पत्रकार सम्मेलनकै क्रममा गरिएको थियो ।

‘यो च्याम्पियनसिप युवापुस्ताका खेलाडीलाई अनुभव दिलाउन तथा आउँदो १०औं राष्ट्रिय खेलकुदका लागि टोली तयारी गराउने उद्देश्यले आयोजना गरिएको हो,’ अध्यक्ष थापा भनिन् ।

 प्रतियोगिताको विजेताले ५० हजार उपविजेताले ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको अनुमानित खर्च २५ लाख रुपैयाँ छ, जसमा बागमती प्रदेश खेलकुद विकास समितिले २० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।


भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL II SABITRI KISHAN GOALKEEPER, APF FOOTBALL CLUB, WOMENS TEAM
LEBANON VS NEPAL १३ खेलाडी युरोप र अस्ट्रेलियामा खेल्ने भएकाले लामो तयारी गर्न पाइएन I LEBANON COACH
NEPAL VS LEBANON होम ग्राउन्ड, होम क्राउड, पक्कै पनि दबाब थियो, सँगै ट्रेनिङ गर्न नपाउँदा समस्या भयो
NEPAL VS LEBANON II हामीले र उनीहरुले फुटबलमा कसरी लगानी गरेका छौं भन्ने कुरा महत्वपूर्ण हुन्छ
KHELADI EXPLAINER BY ASIM JUNG KARKI II PROMO
NEPAL VS LEBANON MATCH PREVIEW लेबनानसँग २–० ले जितेर फाइनल पुग्छौं: JIBESH PANDEY, COACH APF WOMENS
KHELADI TALKS WITH AJAY PHUYAL I GANESH THAPA Former President, ANFA