फाल्गुन ११, २०८२ सोमबार | २०:२०:५२
घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी घाइते सावित्रालाई विश्वभरबाट सहयोग जुट्दै सावित्राको याचनामा खेलाडीहरुको ऐक्यबद्धताः भन्छन्, ‘पाँच लाखको सहयोग ‘अपमानजनक’ काष्ठमण्डपलाई फुटसल उपाधि सावित्राको भावुक स्ट्याटसप्रति एन्फाको प्रतिक्रियाः आवश्यक सहयोग र सहजीकरणका लागि प्रयास गरिरहेका छौं सावित्राको उपचार जिम्मेवारी सरकारले लिनुपर्ने राप्रपा नेता थापाको भनाई एसिएलको शल्यक्रियाका लागि समर्थकसँग सावित्राको सहयोग अपिल जावलाखेलले नेपाल पुलिसलाई हरायो १० वर्षमा विश्वकप जित्ने लक्ष्यसहित धनगढीबाट ‘ग्रासरुट टू ग्लोरी’ अभियान सुरु ब्रिटिश गोर्खाली क्रिकेट लिगको 'टाइटल स्पोन्सर’ ब्रिज इन्टरनेशनल एन्फा राष्ट्रिय लिगः एपिएफ शीर्ष स्थानमा उक्लियो, मनाङसँग रोकियो एनआरटी
शनिबारको दिन

डोपिङ प्रकरणले विभाजित विश्व टेनिस

काठमाडौं ।  विश्व टेनिस अहिले दुई चिरा परेको छ । एकले भनिरहेको छ, इटालियन खेलाडी यानिक सिनरको डोपिङ प्रकरणमा जे जस्तो निर्णय बाहिर आएको छ, त्यो सर्वथा गलत छ । यस्तो भन्नेहरू धेरै छन् है फेरि । अर्कोथरी भने यानिकमाथि सहानुभूति राख्छन् । भन्छन्, उनीमाथि भएको कारबाही ठीकै हो । इटालीका यी खेलाडी कम्तीका पनि होइनन्, अहिलेका विश्व नम्बर एक खेलाडी हुन् ।

कथा यसरी सुरु हुन्छ । वर्ल्ड  एन्टी डोपिङ एजेन्सी (वाडा) ले भर्खर यानिकलाई तीन महिनाको प्रतिबन्ध लगाएको छ । गत वर्ष उनी दुईपल्ट डोपिङ परीक्षणमा पोजेटिभ पाइएको थियो । यानिकले प्रतिबन्धित औषधी क्लोस्टेबोल प्रयोग गरेको पाइएको थियो । यानिकमाथि भएको छानबिनका क्रममा उनले जानाजान यस प्रतिबन्धित औषधी प्रयोग नभएको निचोड निकालिएको थियो ।

सिनर डोपिङमा समातिएका त हुन् नै । त्यसो हो भने उनीमाथि मात्रै सहानुभूति र छुट किन त ? के उनी विशेष हुन् । पछि पनि यस्ता घटना धेरै आउन सक्छन् ।

सुरुमा भनिएको थियो, यी २३ वर्षीय खेलाडीमाथि दुई वर्षको प्रतिबन्ध लाग्नेछ । अहिले वाडा र खेलाडीबीचको सम्झौताअनुसार यो प्रतिबन्धको समय तीन महिनामा मात्र झारिएको छैन, यो निर्णयले उनलाई ठूला प्रतियोगिता खेल्न कुनै बाधा हुने छैन । अझ उनले प्रतिबन्धबीच कुनै ग्रान्ड स्लाम प्रतियोगिता पनि छुटाउने छैनन् ।

एक प्रकारले सिनर सजिलै जोगिएका छन् । अझ उनलाई मज्जाले छुट दिइएको हो भन्दा हुन्छ । उनले कसरी यो प्रतिबन्धित औषधी प्रयोग गरे, त्यो घटनाक्रम पनि आफैंमा अनौठो छ । कोही एक खेलाडी कसरी डोपिङमा फस्न सक्छ, त्यो यसले देखाउने गर्छ ।

अस्ट्रेलियन ओपन ट्रफीका साथ जानिक सिनर । 

भएको के थियोभन्दा सिनरलाई एकपल्ट सानो घाउ भएको रहेछ । त्यसको उपचार फिजियोथेरापिस्टले गरेका थिए । त्यसक्रममा उनले त्यस्तो औषधीको प्रयोग गरे, त्यसमा क्लोस्टेबोलको अंश पाइएको थियो । पछि यसै क्रममा उनी डोपिङमा परे । वाडाकै अनुसार पूरा घटनाक्रममा सिनरले आफ्नो खेलमा सुधार ल्याउन गलत बाटो अपनाएका छैनन् । फेरि उनले आफै त्यो औषधीको प्रयोग गरेका पनि होइनन् ।

तीनपल्टको ग्रान्डस्लाम विजेता स्टान वावरिन्काले पूरा घटनाक्रमको अझ धेरै आलोचना गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘मलाई लाग्छ, अब विश्व टेनिस पक्कै पनि सफा खेल रहेन ।’

सम्भवतः त्यस फिजियोथेरापिस्टले पनि सिनरलाई अप्ठ्यारोमा पार्ने मनसायले त्यो औषधी प्रयोग गरेका होइनन् । तर प्रश्न हो, यतिभन्दा भन्दै सिनर डोपिङमा समातिएका त हुन् नै । त्यसो हो भने उनीमाथि मात्रै सहानुभूति र छुट किन त ? के उनी विशेष हुन् । पछि पनि यस्ता घटना धेरै आउन सक्छन् ।

यसले ती घटनामा खेलाडीलाई छुट दिन सक्नुपर्ने नजिर बस्न सक्छ । त्यसैले सिनरको घटनाले पूरा विश्व टेनिसमा विभाजन आएको हो । वाडाको निर्णयमा सबैभन्दा कठोर आपत्ति जनाउने त कीर्तिमानी २४ पल्टको ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच पनि हुन् । उनले त यो निर्णयलाई हास्यापदसमेत मानेका छन् । उनी भन्छन्, ‘यो निर्णयले कोही एक खास खेलाडीमाथि सहानुभूति राख्ने काम भएको छ ।’ 

कीर्तिमानी २४ पल्टको ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच ।

अझ तीनपल्टको ग्रान्डस्लाम विजेता स्टान वावरिन्काले पूरा घटनाक्रमको अझ धेरै आलोचना गरेका छन् । उनले एक्समा लेखेका छन्, ‘मलाई लाग्छ, अब विश्व टेनिस पक्कै पनि सफा खेल रहेन ।’