फाल्गुन ५, २०८२ मंगलबार | ०७:२४:४१
स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने स्कटल्याण्डविरुद्ध नेपालको हेड टु हेड थन्डरबोल्टलाई हराउँदै मनाङ सेमिफाइनलमा मछिन्द्रलाई झापा गोल्डकपको उपाधि इटालीलाई हराँउदै इङ्ल्याण्ड सुपर आठमा चौथो माउन्ट एभरेष्ट तेक्वान्दो सुरु एनआरटीलाई हराउँदै आर्मी सेमिफाइनलमा युएईमाथि अफगानिस्तानको जित नेपालसँग खेल्नका लागि स्कटिस टिममा सरिफको ठाउँमा जार्भिस जित्नै पर्ने दबाबको अस्ट्रेलिया श्रीलंकासँग खेल्दै नामिबीयासँग हारे पाकिस्तान बाहिरिने
शनिबारको दिन म्यानचेस्टर सिटी

पुनर्निर्माण खोजिरहेको म्यानचेस्टर सिटी

काठमाडौं । प्रशिक्षक पेप ग्वार्डिओलाले अन्ततः मानेका छन्, आफ्नो म्यानचेस्टर सिटीको जुन अहिलेको टिम छ, त्यसको पुनर्निर्माण गरिएन भने केही राम्रो हुन्न । भर्खरै सिटी रियाल मड्रिडको हातबाट पराजित भएर युइएफए च्याम्पियन्स लिगबाट पनि बाहिरियो । नकआउट प्ले-अफको दुई लेगको खेलमा सिटी ६-३ ले पराजित रह्यो ।यो जित–हारको जुन अन्तर छ, त्यो सिटी जत्तिको टिमलाई पटक्कै सुहाउने खालको होइन । पछिल्ला चार सिजनलाई फर्केर हेर्ने हो भने सिटी रियालको हातबाट तीनपल्ट पराजित भएर च्याम्पियन्स लिगबाट बाहिरिएको छ । सन् २०१६ मा ग्वार्डिओला पहिलो पटक सिटी आएका हुन् । त्यसयता टिम पहिलो पटक अन्तिम १६ पनि पुग्न सकेन ।

 फुटबलमा जस्तै टिमले पनि निरन्तर र सधैंका लागि एकै खाले राम्रो प्रदर्शन गन सक्दैन । पछिल्लो सिजन सकिँदा सिटीले घरेलु इङ्लिस प्रिमियर लिग लगातार चारपल्ट जितेर तहल्कै मच्चाएको थियो । 

खासमा लिग चरणमै सिटीको प्रदर्शन ठीक थिएन । त्यसैले नकआउट चरण पुग्नु पनि ठूलै उपलब्धि थियो । नयाँ ढाँचाको च्याम्पियन्स लिगका ३६ टिममध्ये सिटी अविश्वसनीय रूपमा २२औं स्थानमा थियो । त्यसैले ग्वार्डिओला मान्छन् । सायद सिटीका लागि यो प्रतियोगिताको यात्रा यसपल्ट यत्तिमै टुंगिनु स्वाभाविक नै हो ।

च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दै सिटी र रियाल मड्रिड (सेतो जर्सी) ।

यो सबै कुरा गर्दै गर्दा प्रश्न उठ्छ । साँच्चै सिटीमा समस्याचाहिँ के छ त ? ग्वार्डिओलाले यसको उत्तर दिन खोजेका छन् । तर, उनले त्यसको कारण अगाडि सार्नुभन्दा पनि अलिकति दार्शनिक पारा देखाएका छन् । उनका अनुसार विश्व फुटबलका केही पनि नित्य हुन्न । सबै अनित्य नै हुन्छ । खासमा यो त फुटबल मात्रै के र, सबैमा लागू हुने शाश्वत सत्य नै हो ।

यो दृष्टिकोण उनले किन प्रस्तुत गर्न खोजेको हो भने भन्दा फुटबलमा जस्तै टिमले पनि निरन्तर र सधैंका लागि एकै खाले राम्रो प्रदर्शन गन सक्दैन । पछिल्लो सिजन सकिँदा सिटीले घरेलु इङ्लिस प्रिमियर लिग लगातार चारपल्ट जितेर तहल्कै मच्चाएको थियो । प्रिमियर लिग एकपल्ट जित्न गाह्रो हुने स्थितिमा लगातार जितेको थियो ।

 सिटीको स्वामित्व युएईको व्यापारी घरानासँग छ । यसले चाहे जति खर्च गर्न सक्छ । त्यसैले अबको खेलाडी ट्रान्सफर मार्केटमा आफूलाई चाहिएका एक दुईभन्दा बढी खेलाडी किन्न सक्छ ।

त्यसैले भनिएको थियो, यसपल्ट पनि सिटीलाई रोक्न सक्ने कोही छैन । तर होइन, सिटीले यसपल्ट प्रिमियर लिगको उपाधि रक्षा गर्न सक्ने नै छैन । टोलीका लागि त शीर्ष चार स्थान नै ठूलो भइसकेको छ । शीर्षमा रहेको लिभरपुलभन्दा सिटी कता हो कता हुने गरेर पछाडि छ । त्यसैले उसका लागि अर्को सिजन यही च्याम्पियन्स लिगमै छनोट हुनु उपलब्धि हुनेछ ।

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै सिटी (नीलो) र टोटनहम ।

लिग कपमा पनि सिटीको चुनौती समाप्त भइसक्यो । खाली उसले जित्न सक्ने भनेको अब एफए कप मात्रै हो । ‘यो सिजन हाम्रा लागि साँच्चै असाध्यै खराब रह्यो,’ ग्वार्डिओलाले भावनामा बग्दै भनेका छन् । त्यसैले उनले भन्न चाहेको के भन्दा अहिलेको टिममा कमजोरी खोज्नुभन्दा सिधा-सिधा टिमै पुनर्निर्माण गर्दा ठीक हुनेछ ।

एक प्रकारले हो यो । सिटीको स्वामित्व युएईको व्यापारी घरानासँग छ । यसले चाहे जति खर्च गर्न सक्छ । त्यसैले अबको खेलाडी ट्रान्सफर मार्केटमा आफूलाई चाहिएका एक दुईभन्दा बढी खेलाडी किन्न सक्छ । आफूसँगै भएका केही खेलाडी बेच्न पनि सक्छ । तय छ, अबको सिजन हो जुन सिटी टिम देखिन्छ, त्यो अहिलेभन्दा धेरै फरक हुनेछ ।

प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दै सिटी (नीलो) र आर्सनल ।