काठमाडौं । नेपाल रग्बी संघले आइतबार एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीका लागि पुरुष तथा महिला टोली घोषणा गरेको छ ।
प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुदैछ ।
प्रतियोगितामा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपालमा एसियालीस्तरको सिनियर रग्बी प्रतियोगिता पहिलोपल्ट हुन लागेको हो ।
प्रतियोगिताका लागि नेपाली महिला तथा पुरुष टोलीले पछिल्लो तीन महिनादेखि पोखरामा तयारी गरिरहेका छन् ।
यो प्रतियोगिता अर्को हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ ।
पुरुष टोली
विवेश बासु, सविन महत, क्याल्भिन जोशी, विराट श्रेष्ठ, यदु अधिकारी, निरोज कार्की, विक्रम पुरी, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का, कपिल ठकुरी
वैकल्पिक: विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी, प्रमेश चौधरी
महिला टोली
आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाका मार्किन राई, रोजिना पोखरेल, सिर्जना राई,विनिता शाही ठकुरी, सुजा राई, मनिषा थापा मगर, कमला राई
वैकल्पिकः संगिता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल, अप्सरा कार्की