आश्विन ३, २०८१ बिहीबार | ०६:४७:५७
पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने पेरिस पारा ओलम्पिकमा सहभागी टोली सम्मानित थाइल्यान्ड जाने रोलर स्केटिङ टोलीको बिदाइ कागेश्वरी मनोहरा उज्ज्वल तारा दौड असोज १२ गते हुने ओमानविरुद्ध ब्याटिङ गर्दै नेपाल बुढानिलकण्ठ र कुर्दानको विजयी सुरुआत सुपरकम्प्युटरको अनुमानमा यसपाली रियालले च्याम्पियन्स लिग जित्ने पुलिसका प्रशिक्षक भोलानाथको आक्रोशः विभागीय टोलीको खेलमा विभागका रेफ्रीलाई जिम्मेवारी नदिन अपिल पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दो संघको सम्मान कर्णालीको पहिलो जित, सुदूरपश्चिम लगातार छैटौं खेलमा पराजित २०२६ को कमनवेल्थ गेम्स स्कटल्यान्डमा हुने

सहारा क्लब पोखराको २६औं वार्षीकोत्सव सम्पन्न

परशुराम शर्मालाई सहारा खेलकुद पत्रकारिता पुरस्कार प्रदान गरिँदै ।

पोखरा । सहारा क्लब पोखराको २६औं वार्षिकोत्सव एवं साधारणसभा सम्पन्न सोमबार भएको छ ।

पोखरा-१७, दोबिल्लास्थित सहारा फुटबल एकेडेमीमा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भयो ।  

मन्त्री थापाले सहाराको कार्य अनुकरणीय रहेको उल्लेख गर्दै शिक्षा र खेलकुदलाई सँगसँगै जोडेर जानुपर्ने सुझाव दिए ।

सो अवसरमा यस वर्षको सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजन कांस्की संवाददाता परशुराम शर्मा सम्मानित भए । उनलाई प्रमुख अतिथि मन्त्री थापाले २५ हजार रुयौयासहित प्रसंशा पत्र हस्तान्तरण गरे ।

पोखरालाई कार्यक्षेत्र बनाइ लामो समयदेखि खेलकुद पत्रकारितामा क्रियाशीलमध्ये एक जना पत्रकारलाई क्लबले सो पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि, सो पुरस्कारबाट करिब डेढ दर्जन पत्रकार पुरस्कृत भइसकेका छन् ।

यस्तै, सहारा उत्कृष्ट सदस्य सम्मान लीलबहादुर थापाले प्राप्त गरे । क्लबमा दुई कार्यकालसम्म सहकोषाध्यक्ष भएर काम गरेका थापा हाल सहारा फुटबल एकेडेमीको व्यवस्थापन समितिका सदस्य छन् ।

कार्यक्रममा संस्थाका महासचिव रामजीप्रसाद अधिकारी र कोषाध्यक्ष बिनु रानाले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरे ।

क्लबद्वारा संचालित फुटबल एकेडेमीको अक्षयकोषमा अमेरिका बस्ने नेपाली समुदायबा  सहयोग प्राप्त भएको छ । क्लबका मानार्थ सदस्य नारायण कार्कीले २ लाख १७ हजार ९०० रुपैयाँ क्लब अध्यक्ष केशवराज बराललाई हस्तान्तरण गरे ।

 क्यान्सस राज्यको ओभरल्यान्ड पार्कमा बसोबास गर्ने नेपाली समुदायका २३ जनाले उक्त रकम संकलन गरेको जानकारी कार्कीले दिए ।

उक्त अक्षयकोषमा हालसम्म ३ करोड १७ लाख संकलन भइसकेको क्लब महासचिव अधिकारीले जानकारी दिए ।

 नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको पत्रकार कल्याणकारी अक्षयकोषमा क्लबले ५१ हजार सहयोग गरेको छ । उक्त रकम बराबरको चेक प्रमुख अतिथि मन्त्री थापा र क्लब अध्यक्ष केशवराज बरालले मञ्च अध्यक्ष दीननाथ बराललाई संयुक्तरुपमा हस्तान्तरण गरे । 

बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, सम्मानित व्यक्तित्व परशुराम शर्मालगायतले  आफ्नो धारणा राखेका थिए ।


भिडियो
गाह्रो थियो, तर असम्भव थिएन PALESHA GOVARDHAN BRONZE MEDALIST ,PARA TAEKWONDO
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेर फर्केपछि राष्ट्रिय खेलकुद परिषदमा सम्बोधन गर्दै PALESHA GOVARDHAN
PALESHA GOBHARDAN ले प्रत्येक नेपालीलाई शीर ठाडो पार्ने मौका दिएकी छिन् : KABIRAJ NEGI LAMA
पारा ओलम्पिकमा ऐतिहासिक पदक जितेपछि विजेता खेलाडी PALESHA GOBHARDAN र प्रशिक्षक KABIRAJ NEGI LAMA
Winning Moments | Bangladesh vs Nepal | SAFF U-20 Men’s Championship 2024
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024 KUSHAL DEUWA
FINAL NEPAL VS BANGLADESH POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024
NEPAL VS BHUTAN || POST-MATCH PRESS CONFERENCE SAFF U-20 Men’s Championship 2024