असार २५, २०८२ बुधबार | १०:३०:४०
श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा चेल्सी फाइनलमा एन्फा र राष्ट्रिय महिला टोलीको बैठक बस्दै यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडी संकटाकाे लगातार दोस्रो जित प्याट्रिक फर्काउँदा एन्फा हार्छ ? बंगलादेश जाने यु-२० टोलीको बिदाइ श्रीलंकालाई एकदिवसीय शृंखला जर्मनीको पुनरागमन जित एन्फा र राष्ट्रिय महिला टोलीबीचको बैठक स्थगित स्विडेन क्वार्टरफाइनलमा चेल्सी फाइनलमा एन्फा र राष्ट्रिय महिला टोलीको बैठक बस्दै यु-२३ फुटबल टोलीको छनोटको दोस्रो चरणमा ५३ खेलाडी संकटाकाे लगातार दोस्रो जित प्याट्रिक फर्काउँदा एन्फा हार्छ ? बंगलादेश जाने यु-२० टोलीको बिदाइ

युवा खेलाडीको मनोनयनमा तीन महिलाविरुद्ध पाँच पुरुष

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले हरेक वर्ष आयोजना गर्ने नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणका लागि  मंगलबार उत्कृष्ट वर्ष युवा खेलाडीको मनोनयन सर्वाजनिक गरेको छ ।

मनोयनमा क्रिकेट, फुटबल, बक्सिङसमान दुई तथा एथलेटिक्स र गल्फबाट समान एक खेलाडी मनोनयममा परेका छन् । यी आठ खेलाडीबाट अन्तिम तीन छानिने छन् । अन्तिम तीन मध्यबाट विजेताको घोषणा अवार्डकै दिन हुनेछ ।

स्पाेर्टस अवार्ड  स्पोर्टस अवार्ड माघ २८ गते होटल याक एण्ड यतीमा हुँदैछ ।

मनोनयमा परेका खेलाडी

विजय बाटा (बक्सिङ)
विजयले एएसबीसी यु-२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा पुरुषतर्फ नेपालका लागि कांस्य पदक जितेका थिए । यसैगरी उनी नवौं राष्ट्रिय खेलकुदमा रजत पदक जित्न सफल खेलाडी पनि हुन् ।  

देव खनाल (क्रिकेट)
नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु-१९ विश्वकप क्रिकेट खेलको थियो । देवको कप्तानमा रहेको उक्त टोलीले विश्वकप छनोटको फाइनलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई फाइनलमा पराजित गरी एसिया छनोटको उपाधि जित्दै विश्वकपमा स्थान पक्का गरेको थियो ।

देवले विश्वकप छनोट प्रतियोगितमा पाँचमध्ये तीन खेलमा ब्याटिङ गर्दै ६५ माथिको औसतमा १ सय ९७ रन बनाएका थिए । उनले कुवेविरुद्ध लिग चरणमा १ सय १५ र फाइनलमा युएईविरुद्ध ५१ रनको योगदान गरेका थिए । उनकै कप्तानीमा लुम्बिनी प्रदेशले यु-१९ राष्ट्रिय प्रतियोतामा उपविजेता बनेको थियो ।

दीपेश कँडेल (क्रिकेट)

दीपेशले आइसिसी यु-१९ विश्वकप एसिया छनोटको फाइनलमा युएईविरुद्ध ह्याट्रिक विकेट पूरा गरेपछि नेपालले विश्वकपको यात्रा तय गरेको थियो ।

दीपेश कँडेल 

युएईलाई जितका निम्ति तीन ओभरमा ११ रन आवश्यक हुँदा दीपेशले ४८औं ओभरमा बलिङ मोर्चा सम्हाल्दै पहिलो तीन बलमा तीन रनमाब खर्चिएका थिए । त्यसपछि लगातार तीन विकेट लिई ह्याट्रिक पूरा गरेर आईसीसी यु-१९ विश्वकपको एसिया छनोटको उपाधि दिलाउन सफल भए । उनले फाइनलमै पाँच विकेट लिएका थिए ।

उनले प्रतियोगितका चार खेलमा १२ विकेट लिएका थिए ।

राममाया बुढा (एथलेटिक्स)

१६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा जुनियर व्यक्तिगत र टिम इभेन्टमा  (महिला जुनियर ६ किमि) मा रजत पदक जित्न सफल राममायले एपिएफ परिवार महिला संघ हाफ म्याराथनमा स्वर्ण चुमेकी थिइन् ।

यसैगरी उनले गोल्डेन एथलेटिक्स मिटको १५०० मिटर दौडमा स्वर्ण तथा ५ किमिमा रजत पदक जितेकी थिइन् । देवदह हाफ म्याराथनमा स्वर्ण हात पारेकी राममायाले राइट टु प्रोटिन रनमा रजत पदक जितिन् ।

दोस्रो वीर गणेशमान सिंह १० किमि, मदन भण्डारी मेमोरियल र केपी ओली रोड रेस ५ किमि रोड रेसमा रजत पदक जित्न सफल उनी तेस्रो जुनियर राष्ट्रिय एथलेटिक्सको ३ हजार मिटर दौडीक स्वर्ण पदक विजेता हुन् ।  

सद्भाव आचार्य (गल्फ)
सुवास तामाङसँग मिलेर नेपाल टुरिजम कप र बंगलादेश एमेच्योर गल्फ च्याम्पियनसिपमा स्वर्ण जित्न सफलसद्भावनले नवौं राष्ट्रिय खेलकुदम बागमती प्रदेशका लागि टिममा स्वर्ण तथा  व्यक्तिगतमा रजत प्राप्त गरेका थिए ।

सुजाता तामाङ (फुटबल)
२०७९ कात्तिकमा बंगलादेशमा भएको साफ यु-१५ महिला च्याम्पियनसिपको उपाधि विजेता सुजाता प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएकी थिइन् । 
उनले प्रतियोगिताका चारमध्ये तीन खेलमा क्लिन सिट राखेकी थिइन् ।

उनले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग १-१ को बराबरी खेल्दा पेनाल्टी बचाउन सफल भएकी थिइन् । सोही कारण नेपाल च्याम्पियन बनेको थियो ।

यसैगरी सुजाता २०७९ चैतमै बंगलादेशमा भएको साफ यु-१७ महिला च्याम्पियनसिपमा पनि उत्कृष्ट गोलकिपर घोषित । उक्त प्रतियोगितामा उनले एक क्लिनसिट राख्न राखेकी थिइन् ।

सुष्मा तामाङ (बक्सिङ)

सुष्मा तामाङ

एएसबीसी यु-२२ एसियन महिला तथा पुरुष बक्सिङ च्याम्पियनसिपमा रजत जितेकी सुष्समा गत वर्ष निकै चर्चा कमाइन् । यो  बक्सिङबाट नेपालले एसियाली स्तरमा जितेको अहिलेसम्मको ठूलो पदक हो ।

फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फार्जोनासँग अंकका आधारमा पराजित भएकी थिइन्  । त्यसअघि उनको भियतनामकी फाम थी किनहान र मंगोलियाकी बाइसेनबाई जनरगुलीविरुद्ध जितहात पारेकी थिइन् ।

उनी एएसबीसी यु- २२ च्याम्पियनसिपमा रजत जितेपछि सिधै महिला वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी थिइन् ।  

नवौं राष्ट्रिय खेलकुदमा महिला ४८ केजी तौलमा वागामती प्रदेशका लागि स्वर्ण जितेकी सुष्माले भारतमा सम्पन्न विश्व महिला बक्सिङ च्याम्पियनसिपमा पनि सभागागिता जनाएकी थिइन् । 

युनेश बुढाथोकी (फुटबल)

युनेशले श्रीलंकाको कोलम्बोमा भएको साफ यु-१७ च्याम्पियनसिपमा नेपाललाई फाइनल पुर्याउन महत्वपूर्ण योगदान गरेका थिए ।

उनले च्याम्पियनसिपमा संयुक्त रूपमा सर्वाधिक चार गोल गरेका थिए । उनले समूह चरणमा भुटान र भारतविरुद्ध एक तथा सेमिफाइनलमा श्रीलंकाविरुद्ध दुई गोल गरे ।

 


भिडियो
NEW DIAMOND मा भलिबल दिवसको रौनक II INTERNATIONAL VOLLEYBALL DAY II NEPAL NATIONAL GAME
एसियन कप छनोट खेलेर स्वदेश फर्कियो नेपाली टोली ll NEPAL NATIONAL WOMEN'S FOOTBALL TEAM
एन्फासँग योजना छ, महिला फुटबलले फड्को मार्छ ll KIRAN RAI - General Secretary, ANFA
प्रशिक्षकको विश्वास जितेँ, आगामी यात्राका लागि थप उर्जा मिलेको छ ll RENUKA HAMAL
सक्दो दिएका हौं, टाइब्रेकरअघि नै जित्छौं भन्ने थियो ll ANITA BASNET
यहि प्रशिक्षक रहिरहने हो भने हाम्रो भविष्य उज्ज्वल छ ll SABITRA BHANDARI: CAPTAIN
MATCH REVIEW उज्वेकिस्तानसँग किन हार्यो नेपाल? महिला फुटबलको अबको बाटो कस्तो हुनुपर्छ? JIBESH PANDEY