वैशाख ३०, २०८२ मंगलबार | १५:१३:३२
नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती

टोकियो ओलम्पिक समयमै हुने दाबी

टोकियो, (खेलाडी)– टोकियो ओलम्पिक २०२० का आयोजना प्रमुख सेइको हासिमोतोले प्रतियोगिताको आयोजनालाई लिएर कुनै शका नगर्न आग्रह गरेकी छिन् ।

‘प्रतियोगिता निर्धारित मितिमै आयोजना हुनेमा कुनै दुविधा छैन,’ हासिमोतोले भनिन्, ‘तर प्रतियोगिता दौरान कसैमा कोभिड १९ संक्रमण पुष्‍टी भएमा त्यसले सकट निम्त्याउन सक्छ ।’

टोेकियो ओलम्पिक २०२० सुरु हुन अब मात्र ५० दिनको समय बाँकी छ । प्रतियोगिता गत वर्ष नै आयोजना हुनु पर्ने भए पनि कोभिड १९ को विश्‍वव्यापी महामारीका कारण एक वर्षपछि धकेलिएको थियो । टोकियो लगायतका सहरमा जुन महिनाको अन्त्य सम्म लकडाउन घोषणा गरिएको छ । कोभिड १९ संक्रमणको दरमा कमी नआएको भन्दै प्रतियोगिता स्थगित गर्नु पर्ने आवाज उठिरहेको छ । जापानमा हालै गरिएको सर्वेक्षणले पनि प्रतियोगिता स्थगित गर्नुपर्ने देखाएको थियो ।

‘म टोकियो ओलम्पिक २०२० निर्धारित मितिमै हुनेमा शतप्रतिशत विश्‍वस्त छु,’ हासिमोतोले भनिन्, ‘अहिले नै मैदानमा समर्थकको प्रवेशका विषयमा कुनै निर्णय भइसकेको छैन । हाम्रो मुख्य चुनौती भनेको मैदानमा समर्थकलाई कसरी नियन्त्रणमा राख्‍ने भन्‍ने ह । ‍कोभिड १९ को स्वास्थ्य मापदण्ड पालना गराउनु अर्को चुनौती हो । प्रतियोगिता दौरान कोभिड १९ को संक्रमण देखिएमा हामीले बन्द रंगशालामा बाँकी रहेका खेलहरु गर्नु पर्ने हुन्छ  । यस पटक प्रतियोगितामा विदेशी समर्थक हुनेछैनन् । जुन २० मा टोकियोमा जारी संकटकाल सकिने छ । त्यसपछि मात्र स्वदेशी समर्थकको हकमा के गर्ने भन्‍ने निर्णय हुन्छ ।’

‘हामीसँग प्रतियोगिता आयोजनाका लागि अझै ५० दिन बाकी छ,’ उनले थपिन्, ‘खेलाडीहरु प्रतियोगितालाई लिएर निकै उत्साही छन् । हामी पूर्ण रुपमा तयार छौं । हामीले स्वास्थ मापदण्ड पालना गरिनै रहेका छौं । हामी प्रतियोगिता सुरक्षित रुपमा गर्ने प्रतिवद्धता जनाउन चाहन्छौं ।जापान तपाईहरुलाई स्वागत गर्न आतुर छ । म सबै खेलाडीलाई स्वास्थ मापदण्डको पालना गर्न आग्रह गर्न चाहन्छु । हामीले विश्‍1 स्वास्थ संगठन (डब्लुएचओ)को समन्वयमा सबै सहभागी राष्ट्रलाई उनीहरुका खेलाडी र व्यवस्थापन टिमका सबैलाई कोभिड १९ विरुद्धको भ्याक्सिन लगाउनु आग्रह गरिसकेका छौं । छिट्टै ओलम्पिकमा सहभागी हुने स्वयमंसेवक, सुरक्षा टोली र प्राबिधिक टोलीलाई कोभिड १९ विरुद्धको भ्याक्सिन लगाइने छ ।’

स्वास्थ्य संकटकालका कारण अधिकांश सहभागी टोलीले सहभागिता जनाउन अस्विकार गरेको खण्डमा भने ओलम्पिक आयोजना सम्भव नहुने हासिमोतोले बताइन ।
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP