फाल्गुन ३०, २०८२ शनिबार | १४:२४:००
'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै 'एसियन गेम्स फन रन' सम्पन्न इरानी महिला खेलाडी नायक कि खलनायक ? आइपिएलका टोली (भाग १) २४ घण्टामा तुहिएको साख महिला ‘ए’ डिभिजन लिगको माहौल, कुन-कुन टिम प्रतिस्पर्धामा ‘ए’ डिभिजन लिग हुने एन्फाको हौवा कि वास्तविकता ? पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा, लालिगुराँस र मनाङले अंक बाँडे साफका लागि बलियो टोली तयार पार्छौं : मुख्य प्रशिक्षक एरिना ललितपुर र काठमाडौंका लगातार चौथो जित एसियाली खेलकुदको प्रवर्धनका लागि ‘फन रन’ शनिबार हुँदै

‘ओलम्पिकमा पदक जित्‍ने लक्ष्य राखेको छु’ 

जापानमा हुने टोकियो ओलम्पिक २०२१ को तयारीमा रहेका एथ्लेटिक्सका गोपिचन्द्र पार्की अहिले विश्‍व खेलकुदको सबभन्दा ठूलो कुम्भ मेलाका लागि अन्तिम तयारीमा छन् । गत मंसिरमा नेपालगञ्‍जमा सम्पन्‍न नेपालगञ्‍ज म्याराथनको च्याम्पियन बन्दै उनले ओलम्पिक सहभागिता पक्का गरेका थिए । सशस्त्र प्रहरी बलको एपिएफ क्लबका ३२ वर्षे धावक पार्की डेढ वर्षअघि नेपालमै सम्पन्‍न १३औं दक्षिण एसियाली खेलकुद (साग)का ५ हजार मिटर दौडका स्वर्ण पदकधारी खेलाडी हुन् । कोभिड १९ महामारीका बीच ओलम्पिकका लागि तयारी गरिरहेका साग स्वर्णधारी पार्कीसँग खेलाडी डटकमले गरेको लकडाउन वार्ताको सम्पादित अंश :

ओलम्पिकको तयारी कस्तो हुँदैछ ?

अत्यन्तै राम्रो र तिब्र गतिमा तयारी भइरहेको छ । ओलम्पिकमा छनोट हुनुभन्दा अगाडि देखि नै म यसको लागि तयारीमा थिए । मैले राखेको लक्ष्य अनुसार तालिम भइरहेको छ । एपिएफको मैदानमा नियमित तालिम गरिरहेको छु । सागपछि निरन्तर रुपमा म अभ्यासमा थिएँ । गतवर्षको लकडाउनमा पनि मैले निरन्तर अभ्यास गरेको थिएँ । यसपाली पनि कुनै दिन रोकेको छैन । 

लामो समयदेखि कोभिड १९ को महामारीले जनजीवन प्रभावित भइरहेको छ । यसले तपाईको तयारीलाई पनि अप्ठेरो पारेको होला नी ?

कोभिड १९ को महामारीले मलाई कुनै अप्ठेरो परेको छैन । तर नेपाल सरकार, राष्‍ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटीलगायतका संस्थाहरुले यस्तो कठिन अवस्थामा अभ्यासरत मजस्तो खेलाडीलाई पनि कुनै किसिमको सुविधा दिएको छैन । त्यसबाट दुःख लागेको छ । हाम्रो संगठन सशस्त्र प्रहरी बल र संगठन प्रमूख सैलेन्द्र खनाल सरको विशेष साथ र सहयोगका कारण मलाई तालिम गर्नका लागि धेरै सहयोग पुगेको छ । जसका कारण मैले कुनै पनि दिन तालिम रोक्नु परेको छैन ।

अहिलेसम्म ओलम्पिकमा नेपाली खेलाडीको सहभागिता अनुभव बटुल्ने र राष्ट्रिय कीर्तिमानमा सुधार ल्याउनेमै सिमित छ । तपाईको लक्ष्य के हो ?

ओलम्पिकमा सहभागिता जनाउने सम्पूर्ण खेलाडीको लक्ष्य भनेको उपाधि नै हो । मैले पनि कम्तिमा पनि कुनै एउटा पदक जित्‍ने लक्ष्य बनाएको छु । वैकुण्ठ मानन्धर गुरुले ३५ वर्षअघि दक्षिण एसियाली खेलकुदमा २ घण्टा १५ मिनेटमा म्याराथन पूरा गरेर कीर्तिमान बनाउनुभएको छ । त्यसलाई तोड्नु पनि मेरो अर्को लक्ष्य हो । अहिलेसम्मकै राम्रो प्रदर्शन गर्ने सोचका साथ तयारी गरिरहेको छु ।

तपाईको लक्ष्यअनुसारको नतिजाको सम्भावना कत्तिको छ ?

मैले जुन तरिकाले तयारी गरिरहेको छु, त्यसबाट मेरो मनोबल उच्च छ । मलाई लाग्छ यसपालीको मेरो सहभागिता देशले गर्व लायक हुनेछ ।

ओलम्पिक आउन अझै केही समय बाँकी छ । यसबीचमा तपाईलाई सरकार, ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद र संघले के गरिदिए हुन्थ्यो जस्तो लागेको छ ?

ओलम्पिक भनेको विश्‍व खेलकुदको महाकुम्भ मेला हो । यस्तो मेलामा नेपालको तर्फबाट सहभागिता जनाउन लागेका खेलाडीहरुलाई सरकार, ओलम्पिक कमिटी, राष्‍ट्रिय खेलकुद परिषद, र एथलेटिक्स संघले खेलाडीले पाउनुपर्ने अत्यावश्यक सुविधा दिने तर्फमात्र ध्यान दिए पुग्थ्यो । तर अहिलेसम्म कसैले मतलब सम्म पनि गरेका छैनन । 
 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||