वैशाख २८, २०८२ आइतबार | १७:५०:३०
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

भारतका सराभनन मनीलाई मिस्टर एसियाको उपाधि

काठमाडौं । ५५ औं एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनसिपअन्तर्गत मिस्टर एसियाको उपाधी भारतका सराभनन मनीले जितेका छन् ।

शारीरिक सुगठनतर्फका विभिन्न १० तौल समूहका विजेताबीच भएको मि.एसियाको प्रतिस्पर्धामा मनीले ट्रफी उचालेका हुन् । उनी ९० केजी तौल समूमा विजयी हुँदै ओभरल राउण्डमा प्रवेश गरेका थिए ।

एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघको व्यवस्थापनमा भएको स्पर्धामा पुरुष तर्फ नेपालले कुल २ सय ६० अंक हासिल गर्दै तेस्रो स्थान हासिल गरेको छ । पुरुषतर्फ भारत ७ सय ९५ अंकका साथ पहिलो र थाइल्यान्ड ५ सय ९० अंकका साथ दोस्रो स्थानमा रहे ।

महिलातर्फ थाइल्याल्यान्ड टिम च्याम्पियन बन्यो । दोश्रो स्थानमा भियतनाम र तेश्रो स्थानमा हङकङ रहे ।

बुधबार सम्पन्न पुरुष एथलेट फिजिक १सय ८२ सेमी नेपालका विप्लभ कार्कीले कांस्य पदक प्राप्त गरे । यस विधामा भारतका रामा सोमाशेखरले स्वर्ण र भुटानका टान्डिन वाङ्गचेनले रजत पदक प्राप्त गरे ।

नेपालले च्याम्पियनसिपमा तीन स्वर्ण ६ रजत र पाँच कांस्य पदक प्राप्त गर्यो । विशाल पौडेलले जुनियर शारीरिक सुगठन, सनम मुलगुठीले स्विम सुट विधा, रजजी श्रेष्ठ ५५ केजी शारीरिक सुगठनले स्वर्ण जिते ।

सुरेश दुवाल ५५ केजी, अशिमबाबु गरुङले ६० केजी, मनोज सुवेदीले ६५ केजी, ललित धिमालले ७५ केजी, राजु राईले फिटनेश फिजिक विधा, तारा खैजुले मोडल फिजिक्सतर्फ रजत पदक प्राप्त गरेका थिए ।

यसैगरी कमल भण्डारी ६० केजी, कृष्णप्रसाद श्रेष्ठ ८० केजी, रञ्जित लामा फिटनेश फिजिक्स, विप्लभ कार्की एथलेटिक्स फिजिक, निहालमान जोशी एथलेटिक्स फिजिकमा काँस्य पदक प्राप्त गर्न सफल भए ।

च्याम्पियनसिपमा १७ राष्ट्रका १ सय ६८ पुरुष र ६८ महिला गरि २ सय ३६ खेलाडीले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरेका थिए ।

च्याम्पियनसिपमा नेपाल सहित भुटान, चीन, हङकङ, भारत, काजकिस्तान, मकाउ , माल्दिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्यान्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता थियो ।

दरवारमार्गस्थित याक एण्ड यती होटलको रिगल बाल रुममा भएको च्याम्पियनसिपमा पुरुष तर्फ २८, महिला तर्फ १६ र मिक्स एक गरि ४५ विधामा प्रतिस्पर्धा भएको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP