कबड्डी टाेलीको बिदाइ

काठमाडौ । चीनको हाङझाउमा हुने १९औं एसियाली खेलकुदअघि विशेष प्रशिक्षणका लागि भारत जाने नेपाली कबड्डी महिला टाेलीकाे बिदाइ भएकाे छ । 

नेपाली टाेली भारतको हरियाणामा एक महिनाको विशेषमा सहभागी हुनेछ । यसक्रममा टाेलीले सात अभ्यास खेल पनि खेल्नेछ । प्रशिक्षण त्यहाँको गुरुकुल एकेडेमीमा सञ्चालन हुनेछ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शुक्रबार टाेलीलाई बिदाइ गरे । बिदाइ समारोहमा अध्यक्ष श्रेष्ठले यस विशेष प्रशिक्षणले नेपाली टिमको तयारीमा सहयोग पुग्ने विश्वास पोखे ।

 टाेलीको मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा विष्णुदत्त भट्ट र व्यवस्थापकमा कृष्णदेवी पन्त छन् ।

नेपाली टाेली

मेनुकाकुमारी राजवंशी (कप्तान), मनमति विष्ट, अन्जुकुलुङ राई, नीतु गुरुङ, रविना चौधरी, सुनिता थापा, सिर्जनाकुमारी थारु, जयन्ती बदु, अर्पण चौधरी, गंगा घिमिरे, इशा राई र कलावती पन्त छन् ।