विश्व सेपाकताक्रो च्याम्पियनसिप

सेपाकताक्रो टोली थाइल्यान्ड जाने

काठमाडौं । विश्व सेपाकताक्रो च्याम्पियनसिप, ३६औं किङ्स कपमा सहभागी हुन ११ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्ड प्रस्थान गर्दैछ ।

टोलीको अफिसियलमा नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङ, आईटीओमा नेसिर मास्के, व्यवस्थापकमा शिवप्रसाद देवकोटा र डा। यमबहादुर गुरुङ, प्रशिक्षकमा ढाकाराम भट्टराई तथा निर्णायकमा संगिन थापा मगर छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे ।

प्रतियोगिता जुलाइ ९ देखि १६ सम्म हुनेछ ।

पुरुष टोली : पदमबहादुर थाडा मगर, विपिन थनेत, उमेशबहादुर महतो, दिपेशजंग थापा, विजय महतो, सुजन थिङ

महिला टोली : इनु चौधरी, सुमित्रा डंगोल, निरु थापा मगर, प्रतीक्षा थनेत, नैना राना मगर छन्