चैत्र ११, २०८२ बुधबार | १६:५१:४७
राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली राखेपले कुनै पनि खालको कार्बाही गर्न नसक्ने एन्फाको दाबी दिनेशको ५ विकेटमा कर्णालीको जित एन्फा केन्द्रिय सदस्य थापाले उच्च अदालतमा हाले राखेपविरुद्ध अपहेलना मुद्दा अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको जित करण कन्साइ चार्जरमा अनुबन्ध स्पष्टीकरणको जवाफ कुर्दै राखेप थाइल्यान्डमा हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपालको प्रारम्भिक टोली घोषणा सलाहले लिभरपुल छाड्ने यस्तो छ; सन्दीप, रोहित र आसिफको बेल्जियमको टोली यस्तो छ, पाँच नेपाली क्रिकेटर अनुबन्धन गरेको ब्रुजेजको टोली

आयोजक एक्सेल्सियरलाई सफलता

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुलले नवौं एक्सेल्सियर कपको सिनियर ब्वाइज बास्केटबलमा शुक्रबार जित हात पारेको छ ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले पुष्पसदनलाई २९-२१ ले पराजित गरेको हो । एक्सेल्सियरका रुसिब मुनिकरले ११ स्कोर गरे ।

सोही स्पर्धाको अन्य खेलमा जेनिथले ओएसिसलाई ३७-२६, रातो बंगलाले एलआरआइलाई १७-१२ र रेडिअन्ट पब्लिकले स्वर्णिमलाई ३०-९ ले हराए । जेनिथका सुशिल शाहीले २०, रातो बंगलाका जैबी आचार्यले १४ र रेडिअन्टका सुवास गौतमले २० अंक जोडे ।

 गर्ल्स बास्केटबलमा द चाँदबागले न्यु जेनिथलाई १०-४, काष्ठमण्डपले स्वर्णिमलाई १७-७ र रेडिअन्टले रिब्सलाई ८-१ ले पन्छाए । चाँदबागकी इभ ठेबेले ४, काष्ठमण्डपकी रिया राईले ११ र रेडिअन्टकी दिब्यान्शा कार्कीले ६ अंक बटुले ।

यु-१२ ब्वाइज फुटबलमा आयोजक एक्सेल्सियरले दोहोरो जित निकाल्यो । एक्सेल्सियरले काभ्यालाई १-० तथा काष्ठमण्डपलाई ३-२ गोलले पाखा लगायो । काभ्या विरुद्ध एक्सेल्सियरका आयान महर्जनले निर्णायक गोल गरे । काष्ठमण्डप विरुद्ध एक्सेल्सियरका साहिलराज थापाले दुई तथा कृष पाण्डेले एक गोल गरे ।  काष्ठमण्डपका सुप्रिम बोहरा र सहज ढकालले एक-एक गोल फर्काए ।

यु-१६ ब्वाइज फुटबलमा एलआरआईले काभ्यालाई ४-१, हार्टल्यान्ड एकेडेमीले काष्ठमण्डपलाई ३-० र बृहस्पति विद्या सदनलाई १-०, एनआइसी एकेडेमीले विद्या संस्कारलाई ४-३, रिब्स ‘बी’ ले एक्सेल्सियर नीलोलाई ३-१ तथा होली भिजनले बृहस्पतिलाई ६-० गोलअन्तरले निराश पारे ।  न्यु इरा र ग्रिनफिल्डले गोलरहित बराबरी खेले ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो