वैशाख २८, २०८२ आइतबार | १७:५०:३२
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

सुजनाले जितिन तीन स्वर्ण

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत बुद्धिचालका १८ मध्ये पाँच स्वर्ण, दुई रजत र दुई कांस्य पदक जितेको छ ।

गोरखामा बुधबार सम्पन्न प्तियोगिताको महिला क्लासिक स्पर्धामा आर्मीकी सुजना लोहनीले स्वर्ण पदक जित्दा आर्मीकै सिन्दिरा जोशीले रजत तथा प्रदेश एककी खुसबु थापाले कांस्य पदक जिते ।

प्रतियोगिताको खुल्ला ब्लिट्ज चरणको खेलमा आर्मीका रुपेश जैसवालले स्वर्ण नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले रजत तथा आर्मीकै सचिन मर्हजनले कांस्य पदक जिते । महिला ब्लिट्जमा आर्मीकी सुजनाले नै  स्वर्ण पदक जित्दा पुलिसकी पूर्णिमा गुरुङले रजत आर्मीकै सिन्दिराले कांस्य पदकमा नाम लेखाए ।

बुधबारै सम्पन्न महिला र्यापिड चरणमा आर्मीकी सुजनाले स्वर्ण पदक जितिन् । सुजनाले जितेको त्यो तेस्रो स्वर्ण पदक थियो । प्रदेश एककी कृतिसारा अधिकारीले रजत र गण्डकी प्रदेशकी पुजा भण्डारीले कांस्य पदक हासिल गरे । पुरुष खुल्ला र्यापिड चरणमा आर्मीका रुपेश जैसवालले स्वर्ण, आर्मीकै मिलन लामाले रजत र पुलिसका सुबिर लामाले कांस्य पदक जिते । जैसवालको त्यो दोस्रो स्वर्ण हो ।



प्रतियोगितामा प्रदेश एकले एक रजत र एक कांस्य पदक जित्दा पुलिसले दुई रजत र एक कांस्य पदक जिते । यसैगरी घरेलु टोली गण्डकी प्रदेशले एक रजत पदक जित्यो ।

प्रतियोगितामा सबै सात प्रदेश, तीन विभाग (त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस र सशस्त्र प्रहरी बल) तथा गैह्र आवासीय नेपाली संघ (एनआरएनए) गरि सबै ११ टिमको सहभागिता थियो ।  प्रतियोगिता अन्र्तगत खुल्ला क्लासिकल चरणको नजिता भने घोषणा हुन बाँकी छ ।

प्रतियोगितामा गैह्र आवासिय संघ (एनआरएनए) का खेलाडी आशिष फुयालले स्वर्ण पदक जितेको थियो । तर प्रदेश एकले एनआरएनको टोलीबाट खेले पनि उनी गैह्र आवासीय नभएको भन्दै उजुरी गरेपछि नतिजा स्थगित गरिएको आयोजकले जनाएको छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP