वैशाख २८, २०८२ आइतबार | १८:००:४५
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

जुडोमा आर्मी च्याम्पियन बन्ने निश्चित

पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जुडोमा बुधबारको दिन दुई विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले आफ्नो नाममा लेखाउने क्रममा सात स्वर्ण पदकमा कव्जा जमाएका छन् ।

पोखराको नयाँ बजारस्थित प्रदर्शनी हलमा प्रतियोगिताको दोस्रो दिन सात स्वर्ण पदकका लागि खेल हुँदा आर्मीले चार तथा पुलिसले तीन स्वर्ण पदक जिते । आर्मीका लागि दुई महिला र दुई पुरुषले स्वर्ण पदक जित्दा पुलिसका दुई पुरुष तथा एक महिला खेलाडीले स्वर्ण पदक जितेका थिए ।

८१ केजी मुनी तौल समूहमा नेपाल आर्मीका जगनबहादुर सारुले स्वर्ण जित्दा पुलिसका मधु रोका मगरले रजत तथा वाग्मती प्रदेशका सञ्जय महर्जन र सुदुरपश्चिम प्रदेशका योगेन्द्र विष्टले कांस्य पदकमा चित्त बुझाए ।

९० केजी मुनी तौल समूहमा नेपाल पुलिसका मनिष महतोले स्वर्ण पदक जिते । नेपाल आर्मीका सुजन गुरुङले रजत तथा मधेश प्रदेशका गुड्डुकुमार शाह कानु र सुदूपश्चिमका सुरेश गिरीले कांस्य पदक जिते ।

एक सय केजी मुनी तौल समूहमा आर्मीका रमेशबहादुर चन्दले स्वर्ण जिते भने मधेश प्रदेशका हिमान्शु गुप्ताले रजत तथा नेपाल पुलिसका श्रीराम मकाजु र प्रदेश एकका निश्चल राईले कांस्य पदकमा नाम लेखाए ।

एक सय केजी माथि उमेर समूहमा नेपाल पुलिस क्बलका राजन जोशीले स्वर्ण पदक जित्दा आर्मीका रन्जेश गोलेले रजत तथा वाग्मतीका आदित्य दाहाल र लुम्बिनीका प्रनितजंग सिंहले कांस्य पदक जिते ।

७० केजी मुनी तौल समूहमा नेपाल आर्मीकी पुनम श्रेष्ठले स्वर्ण वाग्मती प्रदेशकी रञ्जना खड्काले रजत तथा नेपाल पुलिस क्लबकी रजनी मगर र प्रदेश एककी सुमन्ता राईले कांस्य पदक हासिल गरे ।

७८ केजी मुनी तौल समूहमा नेपाल पुलिसकी दिपा गुरुङले स्वर्ण पदक जित्दा आर्मीकी निर्मला घर्ती मगरले रजत तथा लुम्बिनीका सुशीलाकुमारी चौधारी र सम्झना चौधरीले कांस्य पदक जिते ।

७८ केजी माथिको तौल समूहमा नेपाल आर्मीकी आकृति जोशीले स्वर्ण पुलिसकी पुजा राजवंशीले रजत तथा पुलिसकै भावना घर्ती मगर र बाग्मतीकी अस्मिता गोलेले कांस्य पदक भिरे ।

मंगलबार सात स्वर्णको छिनोफानो हुँदा आर्मीले चार र पुलिसले तीन स्वर्ण पदक जितेका थिए । बिहीबार अन्तिम स्वर्ण पदकका लागि मिश्रित टिम स्पर्धामा मात्र प्रतिस्पर्धा हुने भएकाले प्रतियोगितामा आठ स्वर्ण पदक जितिसकेको आर्मी च्याम्पियन भइसकेको छ ।

हालसम्म नेपाल आर्मीले आठ स्वर्ण, ६ रजत र तीन कांस्य पदक जितेको छ । पुलिसले ६ स्वर्ण, तीन रजत  र आठ कांस्य पदक जित्दा स्वर्णविहिन वाग्मती प्रदेशले दुई रजत र ६ कांस्य, लुम्बिनीले एक रजत र तीन कांस्य, मधेशले एक रजत र दुई कांस्य, एपिएफले एक रजत पदक जितेका छन् । 

यसैगरि प्रदेश एक र सुदूरपश्चिमले २/२ कांस्य पदक जित्दा कर्णाली र एनआरएनएले १/१ कांस्य पदकमा चित्त बुझाए । घरेलु मैदानमा भएको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत जुडोमा गण्डकी प्रदेशले अहिलेसम्म पदकको खाता खोल्न सकेको छैन् 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP