वैशाख २८, २०८२ आइतबार | १७:५१:३३
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

सात स्वर्णसहित आर्चरीमा गण्डकी टिम च्याम्पियन

पोखरा । स्थानीय टिम गण्डकी प्रदेश नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आर्चरीमा टिम च्याम्पियन बनेको छ । कुल १३ मध्ये गण्डकीले ७ स्वर्ण पदक जित्दै शीर्ष स्थान हासिल गर्यो ।

आधाभन्दा धेरै स्वर्णसहित गण्डकीले पोखरा रंगशालास्थित आर्चरी ग्राउन्डमा ४ रजत र १ कास्यगरी कुल १२ पदक जित्यो ।

विभागीय टिम त्रिभुवन आर्मी क्लब ३ स्वर्ण, १ रजत र ५ कास्य गरी ९ पदकसहित दोस्रो हुँदा तेस्रो स्थान हासिल गरेको एपिएफ क्लबले २ स्वर्ण, ३ रजत र ३ कास्य गरी कुल ८ पदक जित्यो । नेपाल पुलिस क्लबले १ स्वर्ण, २ रजत र १ कास्य गरी ४ तथा प्रदेश १ ले २ रजत जितेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशले १ रजत र २ कास्य तथा बागमतीले १ कास्य जिते । लुम्बिनी प्रदेश र गैह्रआवासीय नेपाली संघको एनआरएनए टिम पदकविहीन बने ।

बुधबार अन्तिम दिन बाँकी ६ स्वर्णका प्रतिस्पर्धा भएको थियो । रिकर्भ मेन व्यक्तिगततर्फ गण्डकीका गंगाबहादुर कुँवरले स्वर्ण जिते । उनले पुलिसका तिलक पुनलाई ७–१ को नतिजामा पराजित गरे । एपिएफका विराट थापाले कास्य जिते ।

यसै इभेन्टको रिकर्भ महिला व्यक्तिगततर्फ गण्डकीकी रोजिना थापा मगर स्वर्ण जितिन् । उनले आर्मीकी मञ्जु बजगाईंलाई ६–२ स्कोरले हराएकी थिइन् । मञ्जुले रजत तथा आर्मीकै ज्ञानु अवालले कास्य पदक जितिन् ।

कम्पाउण्ड मेन व्यक्तिगततर्फ गण्डकीकै दुई खेलाडी फाइनलमा आमनेसामने भएका थिए । जागृत गुरुङले खेमबहादुर क्षेत्रीलाई १४४–१४२ को झिनो अन्तरले हराउँदै स्वर्ण जिते । पराजित क्षेत्रीले रजत पदकमा चित्त बुझाउँदा सुदूरपश्चिमका सुरेश गुरुङले कास्य जिते ।

महिलातर्फ आर्मीकी इमायुङ राईले एपिएफकी पार्षदा आचार्यलाई १३६–१३० को नतिजामा पराजित गर्दै स्वर्ण जितिन् । एपिएफकै निर्मला काङवाङ राईले रजत पदक जितिन् ।

स्टान्डर्ड मेन व्यक्तिगततर्फ नेपाल पुलिसका नगेन्द्र आचार्यले स्वर्ण पदक जिते । गण्डकीका दुर्गा घर्ती मगर ६–५ स्कोरले पराजित भए पनि रजत पदक जितेका थिए  । बागमतीका फर्माचन शेरचनले कास्य पदक जिते ।

स्टान्डर्ड वुमेन व्यक्तिगततर्फ एपिएफकी सोनु जया राईले प्रदेश १ की योगिता काङवाङलाई ६–४ स्कोरले हराउँदै स्वर्ण जितिन् । पराजित योगिताले रजत पदक जित्दा आर्मीकी शारदा विकले कास्य जितिन् ।

कूल १३ विधाको खेलमा मंगलबार सात स्वर्ण र बुधबार ६ स्वर्णको छिनोफानो भएको हो । आर्चरीमा मधेश र कर्णालीबाहेक तीन विभागीय, एनआरएनएसहित सबै ९ वटा टोलीको सहभागिता रहेको थियो । स्टान्डर्ड (३० मिटर), कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधामा पुरुष र महिला एकल, टीम र मिक्समा प्रतिष्पर्धा भएको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP