वैशाख २८, २०८२ आइतबार | १८:०८:०१
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

ट्रायथोलनमा सोनी र वसन्तलाई स्वर्ण

पोखरा । सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सोनी गुरुङ र त्रिभुवन आर्मी क्लबका वसन्त थारुले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार ट्रायथोलनमा स्वर्ण जितेका छन् ।

पोखराको फेवाताल किनारमा रहेको गौरिघाटमा बुधबार भएको ट्रायथोलनमा सोनीले कुल एक घन्टा १६ मिनेट २८ सेकेन्डमा तीन प्रतिस्पर्धाको दूरी पार गर्दै स्वर्ण जितेकी हुन् । ट्रायथोलनमा ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र पाँच किलोमिटर दौड समावेश थियो । सोनीले १३औं सागमा पनि यसै विधामा स्वर्ण जितेकी थिइन् । त्यतिबेला भने उनले यो दूरी पूरा गर्न एक घन्टा १३ मिनेट ४५ सेकेन्ड समय लगाएकी थिइन् । सोही स्थानमा यस पटक भने उनको समय केही पछि रह्यो ।

त्यस्तै यसै विधाको पुरुषतर्पm स्वर्ण विजेता वसन्तले एक घन्टा ९ मिनेट ४३ सेकेन्ड समयमा दूरी पार गरे । आर्मीकै दीपेश चौधरीले रजत र नेपाल पुलिस क्लबका मौलिक महर्जनले कांस्य पदक जिते । दीपेशले एक घन्टा १० मिनेट ५ सेकेन्ड र मौलिकले एक घन्टा १४ मिनेट ५६ सेकेन्डमा उक्त दूरी पार गरेका थिए । महिलातर्पm भने पुलिसकी श्रेबी महर्जनले रजत र आर्मीकी केशरी थापामगरले कांस्य पदक जिते ।

उक्त दूरी पूरा गर्न श्रेबीले एक घन्टा १९ मिनेट १५ सेकेन्ड र केशरीले एक घन्टा ३२ मिनेट २९ सेकेन्ड समय लगाए । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत ट्रायथोलनमा कुल चार स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ । अब बिहीबार दुवाथोलन विधाको महिला र पुरुषतर्पm प्रतिस्पर्धा हुनेछन् । दुवैमा पहिला पाँच किलोमिटर दौडमा, २० किलोमिटर साइक्लिङ र अन्तिममा २.५ किलोमिटर दौड हुनेछ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP