वैशाख २८, २०८२ आइतबार | १७:५२:३३
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

राखेपको बोर्ड बैठक बुधबार, कर्णालीलाई १०औं राष्ट्रिय खेलकुद आयोजना अधिकार दिने सम्भावना

पोखरा । नेपाली खेलकुदको सबभन्दा ठूलो मेला वृहत राष्ट्रिय खेलकुदले ४१ वर्षे यात्रामा नवौं संस्करण सम्पन्न गर्ने अवस्थामा आफूलाई पुर्याइसकेको छ ।

प्रत्येक दुई वर्षमा हुने योजनाका साथ २०३८ सालमा तत्कालिन राष्ट्रिय खेलकुद परिषद (राखेप)को नेतृत्वले सुरु गरेको राष्ट्रिय खेलकुदको १०औं संस्करण आयोजनाको अवसर कर्णाली प्रदेशलाई दिने तयारी छ ।

राष्ट्रिय खेलकुद परिषदले नवौं सकिएको दुई वर्षपछि नै १०औं संस्करण गर्ने संकल्पका साथ बुधबार त्यसको आयोजना अधिकार कसलाई दिने भन्ने निर्णय गर्नेछ ।

पोखरालाई केन्द्र बनाएर गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद र १०औं संस्करणको आयोजना अधिकार कसलाई दिने भन्ने दुई एजेन्डामा निर्णय गर्न बुधबार राखेपको १ सय १५औं बोर्ड बैठक बस्दैछ ।

तत्कालिन अवस्थामा पालैपालो प्रत्येक अञ्चलमा गर्ने उद्देश्यसहित सुरु गरिएको राष्ट्रिय खेलकुद अहिलेसम्म काठमाडौं (सुरुमा बागमती अञ्चल, बीचमा मध्यमाञ्चल विकास क्षेत्र र हाल बागमती प्रदेश), नेपालगञ्ज (सुरुमा भेरी अञ्चल, बीचमा मध्यपश्चिमाञ्चल विकास क्षेत्र र हाल लुम्बिनी प्रदेश) र पोखरा तत्कालिन गण्डकी अञ्चल तथा हालको गण्डकी प्रदेश) ले तीन÷तीन पटक आयोजना गरिसकेका छन् ।

यसैगरी भने धनगढी (सुदूरपश्चिम), विराटनगर (तत्कालिन पूर्वाञ्चल विकास क्षेत्र तथा हालको प्रदेश एक) र वीरगञ्ज (तत्कालिन नारायणी अञ्चल तथा हालको मधेष प्रदेश)ले एक÷एक पटक राष्ट्रिय खेलकुद आयोजना गरिसकेका छन् ।

अहिलेसम्म राष्ट्रिय खेलकुद एकै पटक पनि कर्णाली प्रदेशमा पुग्न सकेको छैन । त्यसैले राष्ट्रिय खेलकुदको उद्देश्यअनुरुप पनि कर्णालीको पालो हो । कर्णालीले पछिल्लो समय खेलकुद पूर्वाधार निर्माणमा आक्रामक रुपमा काम गरिरहेको छ । १०औं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै कर्णालीले एउटा आधुनिक सुविधासम्पन्न बहुउद्देस्सीय रंगशाला निर्माण थालिसकेको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP