सुटिङ

सुटिङ: पेस्तोलमा आर्मीलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुदको सुटिङअन्तर्गत पुरुष टिम एयर पेस्तोलमा त्रिभुवन आर्मी क्लबले स्वर्ण जितेको छ । मंगलबार सम्पन्न सो स्पर्धामा, बागमती दोस्रो तथा नेपाल पुलिस क्लब तेस्रो भए ।

यसै इभेन्टको महिलामा आर्मीले स्वर्ण, गण्डकीले रजत र बागमतीले कांस्य जिते । मिक्स टिम पेस्तोलमा लुम्बिनी पहिलो, गण्डकी दोश्रो र बागमती तेश्रो बने ।

मिक्स टिम राइफलमा आर्मी पहिलो, बागमती दोश्रो र प्रहरी तेश्रो स्थानमा रहे ।

पुरुष टिम इभेन्टको एयर राइफलमा आर्मी प्रथम, बागमती द्वितीय र सुदूरपश्चिम तृतीय भए । उक्त स्पर्धाको महिलामा आर्मी, प्रहरी र बागमतीले क्रमशः शीर्ष तीन स्थान हात पारे ।

व्यक्तिगत स्पर्धाको फाइनल बुधबार हुनेछ ।