वैशाख २८, २०८२ आइतबार | १८:०६:५९
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

आर्चरीमा चार स्वर्णसहित गण्डकी शीर्ष स्थानमा

पोखरा । गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आर्चरीमा चार स्वर्ण जितेको छ । विभागीय टोली नेपाल आर्मीले दुई स्वर्ण जित्दा सशस्त्र प्रहरीले एक स्वर्ण जितेको छ । आर्चरीमा तीन विधामा कुल १३ स्वर्णमध्ये ७ स्वर्णको छिनोफानो मंगलबार भएको हो ।

गण्डकीले थप दुई वटा रजत जित्यो भने एउटा कास्य हात पार्न सक्यो । आर्मीले थप चार कास्य पदक प्राप्त गरेको छ । एपिएफले एक रजत, दुई कास्य जित्यो । यस्तै, नेपाल पुलिस एक रजत, एक कास्यमा सीमित रहँदा प्रदेश १ ले एक रजत र सुदूर पश्चिमले एक रजत जित्यो ।

गण्डकीले रिकर्भ मेन टिम, रिकर्भ मिक्स टिम, कम्पाउण्ड मेन टिम र स्टान्डर्ड मेन टिममा स्वर्ण जितेको हो । नेपाल आर्मीले स्टान्डर्ड वुमन टिम र स्टान्नर्ड मिक्स टिममा स्वर्ण पदक आफ्नो पोल्टामा पार्दा एपिएफले कम्पाउण्ड मिक्स तर्फ स्वर्ण हात पारेको हो ।

रिकर्भ मेन टिममा गण्डकीले नेपाल पुलिसलाई फाइनलमा सोझो तीन सेटमा जित्यो । अशिम शेरचन, गंगा कुँवर, देउ रोक्का, लुद्र राना मगरको समूहले ३-० स्कोरले जितेको हो । तेस्रो स्थानमा रहेको एपिएफले सुदूरपश्चिमलाई जित्यो ।

रिकर्भ मिक्स टिमतर्फ गण्डकीका गंगा कुँवर र रोजिना थापा मगरको जोडीले बिराट थापा र गीता खत्री सम्मिलित एपिएफलाई ५-३ स्कोरले पराजित गरेको हो । ४-२ स्कोरको अवस्थामा निकै प्रतिष्पर्धात्मक खेलमा रोजिनाले अन्तिम टार्गेट चुक्न दिइनन् । आर्मीले प्रदेश १ लाई हराउँदै कास्य जित्यो ।

कम्पाउण्ड मेन टिम तर्फ गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको हो । योगेन्द्र शेरचन, जागृत गुरुङ, खेमबहादुर क्षेत्री, युवराज लामा सम्मिलित टिमले एपिएफलाई १४४-१४१ स्कोरले हरायो । आर्मीले सुदूरपश्चिमलाई पराजित गर्दै कास्य पदक हात पारेको हो ।

स्टान्डर्ड वुमन टिम नेपाल आर्मीले प्रदेश १ लाई ६-० को सोझो तीन सेटमा हराएको हो । आर्मीका लागि शारदा बिक, सरु तमाङ, खड्ग कुमारी थापा मगर र तुलसी थापा मैदान उत्रेका थिए । यस्तै, गण्डकीले एपिएफलाई पराजित गर्दै कास्यमा सीमित भयो । गण्डकीका तर्फबाट अनुश्का शेरचन, सोलिना गुरुङ र शर्मिला गुरुङ खेलेका थिए ।

स्टान्डर्ड मिक्स टिमतर्फ पनि आर्मीले स्वर्ण जित्दा गण्डकीलाई सोझो तीन सेटमा हराएको हो । आर्मीका तर्फबाट प्रदीप सुनुवार र शारदा बिक तथा गण्डकीका तर्फबाट दुर्गा घर्ती मगर र अनुश्का शेरचन खेलेका थिए । एपिएफले प्रदेश १ लाई हराउँदै कास्य जित्यो ।

कम्पाउण्ड मिक्स टिममा एपिएफले गण्डकी प्रदेशलाई १४७-१३० स्कोरले हराउँदै स्वर्ण जित्यो । सुदूरपश्चिमले वाकओभर दिँदा आर्मीले कास्य जित्यो ।

स्टान्डर्ड मेन टिमतर्फ गण्डकीले सुदर पश्चिमलाई सोझो तीन सेटमा हरायो । गण्डकी टिममा दुर्गा घर्ती मगर, खड्ग घर्ती, राजु पुन र कृष्ण भण्डारी मैदान उत्रिएका थिए । नेपाल पुलिसले प्रदेश १ लाई हराउँदै कास्य जित्यो । अन्तिम दिन बुधबार ६ वटा स्वर्णका लागि खेल हुनेछन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP