वैशाख २८, २०८२ आइतबार | १७:५८:४८
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

भारोत्तोलन: २० मध्ये १३ स्वर्णको टुङ्गो लाग्दा ८ पुलिसले जित्यो

पोखरा । नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा जारी भारोत्तोलनमा हालसम्म छिनोफानो भएका प्रतिस्पर्धा भएका १३ मध्ये ८ स्वर्ण पदक जितेको छ ।

नेपाल पुलिसका विकास थापाले पुरुष ८१ केजी तौल समूहमा स्वर्ण जिते । पोखरा उद्योग वाणिज्य संघको हलमा मंगलबार राति भएको प्रतिस्पर्धामा उनले स्न्याचमा ११२ र क्लीन एण्ड जर्कमा १३९ गरी कुल २५१ केजी भार बहन गर्दै प्रहरीलाई स्वर्ण दिलाए ।

यस्तै, मधेश प्रदेशका राज गुरु यादवले रजत र सुदूरपश्चिम प्रदेशका नरेशकुमार चौधरीले कास्य जिते । मधेशका राजले स्न्याचमा ८८ र क्लीन एण्ड जर्कमा ९५ केजी गरी कुल १८३ भार उठाउँदै रजत जितेका हुन् । कास्य जितेका सुदूरका नरेशले स्न्याचमा ७७ र क्लीन एण्ड जर्कमा ९७ केजी गरी कुल १७४ केजी भार उठाएका थिए ।

महिला ७६ केजी तौल समूहमा नेपाल पुलिसकी पूजा कुमालले स्वर्ण जितिन् । उनले स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७० गरी कुल १७१ केजी भार बहन गर्दै स्वर्ण जितेकी हुन् । यस्तै, गण्डकीकी सरस्वती गुरुङले स्न्याचमा ५५ र क्लीन एण्ड जर्कमा ६८ गरी कुल १२३ केजी भार बहन गर्दै रजत जितिन् । कास्य पदक नेपाल पुलिसको पक्षमा गयो । पुलिसकी सजना थिंङ लामाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल १२२ केजी भार बहन गरेकी थिइन् ।

महिला ८१ केजी तौल समूहको स्वर्ण नेपाल पुलिसकी तारादेवी पुनले जितिन् । उनले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १०२ गरी कुल १७२ केजी भार बहन गर्दै पुलिसलाई अर्को स्वर्ण दिलाएकी हुन् । मात्र ४ खेलाडी सहभागी सो स्पर्धामा एपिएफकी अञ्जली श्रेष्ठले रजत जितिन् भने सुदूरपश्चिमकी चम्फाकुमारी ठकुल्लाले कास्य जितिन् । अञ्जलीले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६८ गरी कुल १२१ केजी तथा चम्फाले स्न्याचमा ४० र क्लीन एण्ड जर्कमा ६० गरी कुल १०० केजी भार बहन गरेका थिए ।

त्यसअघि मंगलबार दिउँसो भएको प्रतियोगितामा नेपाल प्रहरीकी जुनमाया छन्त्यालले राष्ट्रिय रेकर्ड कायम गरेकी थिइन् ।  महिला ७१ केजी तौल समूहमा उनले स्न्याच र क्लीन एण्ड जर्क दुवैमा रेकर्ड कायम गरेकी हुन् । जुनमायाले स्न्याचतर्फ ७८ केजी भार बहन गर्दै आफ्नै रेकर्ड भंग गर्दा क्लीन एण्ड जर्कमा ८९ केजी गरी कुल १६७ केजी उठाउँदै स्वर्ण जितेकी हुन् ।

यस्तै, एपिएफकी सरिता लामाले स्न्याचमा ५२ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११७ केजी बहन गर्दै रजत जितिन् । कास्य जितेकी नेपाल प्रहरीकी सरस्वती पुरीले कुल ११५ केजी भार बहन गरिन् । उनल स्न्याचमा ५० र क्लीन एण्ड जर्कमा ६५ केजी भार उठाएकी हुन् ।

यसैगरी, मंगलबार बिहान सम्पन्न महिला ६४ केजीतर्फ नेपाल आर्मीले स्वर्ण जित्यो । आर्मीकी शारदा चौधरीले स्न्याचमा ६७ र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४७ केजी भार बहन गर्दै आर्मीलाई चौंथो स्वर्ण दिलाएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ‘बोस’ ले जानकारी दिए ।

यस्तै, नेपाल पुलिसकी राजलक्ष्मी थापाले स्न्याचमा ५७ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२८ केजी भार गर्दै रजत जितिन् भने नेपाल आर्मीकी प्रशंसा पुनले कास्य जितिन् । उनले स्न्याचमा ५३ र क्लीन एण्ड जर्कमा ६५ गरी कुल ११८ केजी भार गरेकी हुन् ।

हालसम्मको नतिजामा पुलिसले ८ स्वर्ण, आर्मीले ४ र सुदूरश्चिमले १ स्वर्ण जितिसकेका छन् ।

कात्तिक २ गते सकिने प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ गरी कुल १०÷१० इभेन्टमा खेल भएको हो । प्रतियोगितामा महिला ७६ र पुरुष ९६ गरी कुल १ सय ७२ जना खेलाडीले भाग लिएका छन् । नवौंमा भारोत्तोलनतर्फ २० स्वर्णसहित कुल ६० पदकको लागि प्रतिस्पर्धा भइरहेको छ ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP