चेस

बुद्धिचाल: खुल्ला बिल्चमा अपराजित आर्मीलाई दुई स्वर्ण

पोखरा । नवौँ राष्ट्रिय खेलुकद प्रतियोगिता अन्तर्गत गोरखामा जारी बुद्धिचाल प्रतियोगिताको खुल्ला बिल्चको पुरुषमा त्रिभुवन आर्मी क्लबका रुपेश जैसवाल र महिलातर्फ सुजना लोहनीले स्वर्ण पदक जितेका छन् ।

मंगलबार सम्पन्न खेलमा रुपेसले कुल ९ खेल मध्ये ८ खेलमा जित र एक खेलमा ‘ड्र’ खेलेर ८.५ अंकसहित स्वर्ण जिते ।

नेपाल पुलिस क्बलका क्षितिज भण्डारीले रजत तथा आर्मीकै सचिन मर्हजनले कास्य पदक जिते । क्षितिजले कुल ९ खेलमा ७ जित, एक हार र एक ‘ड्र’ गरेर ७.५ अंक जोडेका थिए ।

सचिनले ले ९ खेलमा ६ जित, २ हार र एक खेलमा ‘ड्र’सहित ६.५ अंक प्राप्त जोडेका थिए ।

महिलातर्फ सुजनाले सबै ९ खेल जितेर ९ अंक जोडिन् । पुलिसकी पूर्णिमाले ८ जित र एक हारसहित ८ अंकसहित रजत पदक जितिन् ।

आर्मी कै सिन्दिरा जोशीले ९ खेलबाट ६ अंक जोडेर कास्य पदक जितिन् ।