छेलो

प्रदर्शनी खेल छेलोमा किरण विजयी

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्र्तगत ठेलो (छेलो) प्रतियोगितामा कास्कीका किरण सुनार प्रथम भएका छन् । पोखरामा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत प्रर्दशनी खेलमा समावेश छेलोमा सुनारले अन्य २५ जना प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष स्थान हासिल गरे ।

कास्कीकै रोहित सुनार र बासु गुरुङ क्रमशः दोस्रो र तेस्रो भए ।

कास्की जिल्ला छेलो संघका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, कार्यबाहक सदस्य सचिव घनश्याम पौडेल, निवर्तमान सदस्य सचिव तेजबहादुर गुरुङ, प्रदेश खेलकुद परिषद्का पदाधिकारीहरुले विजयी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

गण्डकी प्रदेशमा परम्परागतरुपमा खेलिने छेलो खेलको प्रर्वद्धनका लागि प्रदेश खेलकुद परिषदको विशेष पहलमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको हो ।