खो खो

पुरुष खो खोको सेमिफाइनल समीकरण पूरा

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत भइरहेको पुरुष खोखोको सेमिफाइनल समीकरण पूरा भएको छ । जसमा समूह ‘ए’बाट विजेता बन्दै विभागीय टिम त्रिभुवन आर्मी र उपविजेता बागमती प्रदेश सेमिफाइनलमा पुगेका छन् ।

त्यस्तै, समूह ‘बी'’बाट विजेताका रुपमा लुम्बिनी प्रदेश र उपविजेताका रुपमा प्रदेश नं. १ सेमिफाइनलमा प्रवेश गरे । ४ वटै टिम बुधबार पोखरा रंगशालास्थित ह्यान्डबल एकेडेमीमा फाइनल प्रवेशका लागि भिड्ने भएका छन् ।

राउन्ड रोबिन आधारमा भइरहेको प्रतियोगिताको सेमिफाइनलअन्तर्गत बुधबार बिहान आर्मी र प्रदेश १ तथा दोस्रो सेमिफाइनलमा लुम्बिनी र बागमतीबीच प्रतिस्पर्धा हुनेछ ।

असोज ३० गतेबाट सुरु भएको खोखो प्रतियोगितामा २ विभागीयसहित ९ टिम सहभागी थिए । खेल कात्तिक ३ गते सकिनेछ । महिला टोलीको समूह चरणको अन्तिम खेल रंगशालामा भइरहेको छ ।