कुस्ती

कुस्तीमा एपिएफलाई ९ स्वर्ण

कावासोती । सशस्त्र प्रहरी बलको एपिएफ क्लबले मंगलबार नवौं राष्ट्रिय खेलकुदको कुस्तीमा ९ स्वर्ण पदक जितेको छ । पूर्वी नवलपरासीमा भएका २० स्वर्ण पदकमध्ये झण्डै आधा एपिएफले जित्यो ।

पुरुष र महिलातर्फ भएका १०–१० स्वर्णमध्ये एपिएफले पुरुषतर्फ चार तथा महिलातर्फ पाँच स्वर्ण जित्यो ।

पुरुषतर्फ नै मधेश प्रदेशले ३ तथा त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी र लुम्बिनी प्रदेशले १–१ स्वर्ण पदक जिते ।

टिम एपीएफका लागी ५७ केजी तौल समूहमा कुन्दन शाह, ६५ केजी तौल समूहमा सुजित यादव, ७० केजी तौल समूहमा उमेशकुमार ठाकुर र ६९ केजी तौल समूहमा बलिराम यादवले स्वर्ण पदक जिते ।

मधेश प्रदेशका लागी ६१ केजी तौल समूहमा अमेरशकुमार यादव, ८६ केजी तौल समूहमा लालबहादुर यादव र १२५ केजी तौल समूहमा राज यादवले स्वर्ण हात जित्दा  टिम नेपाली सेनाका लागी ७४ केजी तौल समूहमा सुरेश चुनार र ९७ केजी तौल समूहमा नेपाल प्रहरीका सुमिर शाहले स्वर्ण पदक हात पारे । त्यस्तै, लुम्बिनी प्रदेशका लागी ९२ केजी तौल समूहमा रमेश गोतामेले स्वर्ण पदक हात पारे ।

कुस्तीको महिलातर्फका स्वर्ण पदक  टोली नेपाली सेना र सुदुर पश्चिम प्रदेशले मात्र जितेका छन् । नेपाली नेपाल आर्मी र सुदुर पश्चिम प्रदेशले समान पाँच÷पाँच वटा स्वर्ण पदक जितेका हुन् ।

टिम नेपाली सेनाका लागी ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशिला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मिरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठले स्वर्ण पदक जिते ।

त्यस्तै, सुदुरपश्चिम प्रदेशका लागी ५० केजी तौल समूहमा दमयन्ती बोहोरा, ५३ केजी तौल समूहमा मनिसा सिंह, ५५  केजी तौल समूहमा संगिता धामी, ५९ केजी तौल समूहमा कोमल खत्री र ७२ केजी तौल समूहमा हेमा भट्टले श्रेष्ठले स्वर्ण पदक जिते ।

कुस्ती खेल कावासोती–१६ मा रहेको थारु राष्ट्रिय संग्रहालयको हलमा सञ्चालन भएको थियो । ७ प्रदेश र तीन  टिम सशस्त्र, आर्मी, पुलिस गरि कुस्तीमा १० वटा टिमको सहभागिता रहेको थियो ।