वैशाख २८, २०८२ आइतबार | १७:५१:३३
बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित बिएनए कप अन्तरविद्यालय बास्केटबल मंगलबारदेखि सानदार जित निकाल्दै गेटवे फाइनलमा डिएभी स्कुल उपाधि नजिक गोदावरी मेयर कपः सेमिफाइनल समीकरण पूरा अस्ट्रेलियामा करातेका पूर्व खेलाडीले सञ्चालमा ल्याए एभरेस्ट मार्सल आर्ट्स एकेडेमी नेपाल र श्रीलंका भिड्दै एटलेटिको मड्रिडको जितमा अलेक्जेन्डर सोर्लोथको सानदार प्रदर्शन गोन्सालो रामोसको ह्याट्रिकमा पिएसजीको सहज जित बायर्न म्युनिखको सहज जित इन्टर मियामी पराजित

सफ्ट टेनिसको महिला युगल फाइनलमा पुलिस र एपिएफ भिड्ने

पोखरा । नेपाल पुलिसका कमल भण्डारी र नउबहादुर लुंगेली तथा प्रदेश एकका युकेश योन्जन र आशिष बोहराको जोडीले नवौं वृहत राष्ट्रिय खेलकुदअन्तर्गत सफ्ट टेनिसको पुरुष युगलमा एकअर्काविरुद्धको फाइनल भिडन्त पक्का गरेका छन् ।

कमल र नउको जोडीले सेमिफाइनलमा घरेलु गण्डकी प्रदेशका शक्ति शर्मा र धर्मसिंह लामिछानेको जोडीलाई ५–० को अन्तरमा पराजित गर्दै फाइनलयात्रासँगै नवौं राष्ट्रिय खेलकुदमा कम्तिमा रजत पदक पक्का गरेका थिए ।

त्यस्तै अर्को सेमिफाइनलमा युकेश र आशिषले बागमतीका प्रदीप खत्री र वृजेश पाण्डेको जोडीलाई ५–० कै सेटमा हराएका थिए ।

त्यस्तै महिला युगलमा नेपाल पुलिस क्लबका सिषम चन्द र विष्णा भण्डारी तथा सशस्त्र प्रहरी बल (एपिएफ)का भगवती बिक र संवृद्धी महर्जनको जोडी फाइनल पुगेको छ ।

सेमिफाइनलमा विष्णा र सिषमको जोडीले लुम्बिनीका रितिका चौधरी र विमला पन्थीको जोडीलाई ५–२ तथा भगवती र विमलाको जोडीले प्रदेश एकका श्रेया योन्जन र श्रेया राईको जोडीलाई ५–१ के नतिजामा निराश पारेका थिए ।

पोखरा रंगशाला परिसरमा रहेको टेनिस कम्प्लेक्समा जारी सफ्ट टेनिसका खेलहरु कात्तिक तीन गते बिहीबारसम्म चल्नेछन् । कुल ६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको प्रतियोगिताका दुई स्वर्ण पदकको निर्णय भइसकेका छन् ।

पुरुष एकलमा प्रदेश एकका युकेश योन्जनले स्वर्ण, बागमतीका प्रदीप खत्रीले रजत तथा बागमतीका निर्मल स्थापित र लुम्बिनीका सुरज चौधरीले कांस्य पदक जिते । यसैगरी महिला एकलमा एपिएफकी संवृद्धी महर्जनले स्वर्ण पदक जित्दा बागमतीकी चनद्रमाया राईले रजत तथा प्रदेश एककी श्रेया योन्जन र बागमतीकी स्वस्तिका बिष्टले कांस्य पदक जितेका थिए ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP