वैशाख ३०, २०८२ मंगलबार | ०८:२२:१७
भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी झापासँगको हारले दबाबमा नयाँबस्ती भुटानी लिगकाे डेब्यू खेलमै पूजा रानाकाे गाेल जाभी अलन्सो रियाल मड्रिडको नयाँ प्रशिक्षक ब्रिगेड ब्वाइजलाई हराउँदै रेलिगेसन खतराबाट अगाडि बढ्यो आरसीटी टेस्ट क्रिकेटबाट विराट कोहलीकाे संन्यास डिएभी स्कुल च्याम्पियन नापोलीलाई पछ्याउँदै इन्टर मिलान पाकिस्तानलाई पब्जी मोबाइल एसियन सोडाउनकाे उपाधि

स्वर्ण जितेर राष्ट्रिय गान गाउने अरहन्तको चाहना

काठमाडौं । पछिल्लो वर्ष २०७८ मा कोभिड १९ को महामारीका कारण अन्य क्षेत्रझै खेलकुद पनि निकै मारमा पर्यो । जसका कारण खेलकुदका गतिविधि शून्य भए । घरेलु तथा अन्तर्राष्ट्रिय खेलकुद कम आयोजना भए । त्यसको मार नेपालमा नपर्ने कुरै भएन ।

फुटबल, क्रिकेटले त जसोतसो ‘कमब्याक’ गरे । तर चर्चामा नआएका र कमै प्रतियोगिता हुने खेलहरू भने अझै उठ्न नसक्ने अवस्थामा पुगे ।

यस्तै अवस्थामा पुगेको थियो स्क्वास । नेपाल सरकारको प्राथमिकता कमै पर्ने स्क्वास खेललाई नेपाल स्क्वास र्याकेट संघले समेत चलायमान बनाउन सकेन ।

यद्यपि गत साता चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता सकिएको छ । नेपाल स्क्वास र्याकेट संघले कोभिडपछि आयोजना गरेको प्रतियोगिता यही थियो । प्रतियोगितामा पुरुषतर्फ विजेता बने २४ वर्षीय अरहन्तकेशर सिंह ।

शीर्ष वरीयताका खेलाडी अरहन्तले फाइनलमा प्रतिस्पर्धी अमृत थापामगरलाई ११-४, ११-७, ११-६ को सोझो सेटमा पराजित गरेका थिए ।

हार-जित आफ्नो ठाउँमा छ । प्रतियोगिता फर्किएको छ । यसैमा खुसी छन् अरहन्त । ‘कोभिडका कारण फिटनेसमा समस्या थियो । पछिल्लो समय ओलम्पिक डेमा मात्रै खेलेका थियौं । कोभिडकै कारण प्रतियोगिता हुन सकेन । जित्दा जहिल्यै पनि खुसी लाग्छ । तर, यसपटक फिजिकल रूपमा बलियो नहुँदा पनि जित निकाल्न सक्दा अलि बढी खुसी छु’, अरहन्त भन्छन् ।

अरहन्तले स्क्वासमैत्री परिवारमा जन्म लिए । जसका कारण खेल्नमा उनलाई कहिल्यै कठिनाइ परेन । परिवारमा हजुरबुबा र बुवाले नै स्क्वास खेल्ने हुँदा सानैदेखि उनी यसैमा रमाउन पुगे । त्यसैले एक स्क्वास खेलाडीमा हुनुपर्ने गुण अरहन्तमा भरपुर छ ।

‘हजुरबुबा र बुबादेखि नै हाम्रो घरमा स्क्वास खेलको माहोल छ । त्यसैले खेल्न कहिल्यै पनि गाह्रो भएन । स्कुल पढ्दादेखि नै यसैमा ध्यान बढ्दै गयो,’ लगातार तीन पटक धनलक्ष्मीको उपाधि जितेका अरहन्त सुनाउँछन् ।

अरहन्तले ११-१२ वर्षको उमेरमै राम्रोसँग स्क्वास खेल्न थालिसकेका थिए । विद्यालय शिक्षा पूरा गरे । त्यसपछि उच्च शिक्षासँगै खेल कौशल निखार्न बेलायत पुगे । उनले बर्मिङघमको विक्लेफमा अध्ययनसँगै स्क्वास खेललाई नै प्राथमिकतामा राखे ।

जोनी हार्टफस्ट प्रशिक्षकबाट विक्लेफ स्कुलमा विश्वकै राम्रा स्क्वास खेलाडी उत्पादन हुँदै आएका छन् । त्यही स्कुलमा अरहन्तले अवसर पाएका थिए । जहाँ आफू १५ वर्ष हुँदा १३ वर्षको प्रतिद्वन्द्वीसँग पराजित भएको अझै पनि अरहन्तलाई याद छ । जुन हारबाट शिक्षा लिँदै अरहन्त अहिले कुशल खेलाडी दरिएका छन् ।  

‘म १५ वर्षको हुँदा १३ वर्षकाले जितिदियो । त्यसपछि मानसिक रूपमा दबाब त आउने नै भयो । तर त्यसले सकारात्मक ऊर्जा आइरह्यो । मैले गलत गरे कि ठीक गरें, कुनै दिन अरूसँग तुलना गरिनँ र हरेक दिन आफैंसँग प्रतिस्पर्धा गरें । त्यसले पढाइ र स्क्वास दुवै राम्रो गर्न सफल भएँ । ब्याचलर पनि त्यहीं पूरा गरें,’ अरहन्त प्रेरणा बनेको क्षण सुनाउँछन् ।  

नेपाललाई प्रतिनिधित्व गर्दै अरहन्तले पहिलो पटक सन् २००६ मा दक्षिण एसियाली खेलकुद (साग) खेलेका थिए । त्यसमा प्रतिद्वन्दी थिए भारतका सौरभ भुसाल । जसले भर्खरै मात्रै इंग्ल्यान्डमा आयोजना भएको कमनवेल्थमा स्वर्ण पदक जितेका थिए ।

‘विश्वका उत्कृष्ट खेलाडीसामु खेल्न जहिल्यै पनि गाह्रो हुन्छ । त्यहाँ पनि भएको थियो । तर, कोर्टमा छिरेपछि त्यो भावना नै आएन । मैले भारतीय खेलाडीलाई हराएँ,’ यस्तो रह्यो उनको पहिलो अन्तर्राष्ट्रिय खेलको अनुभव । यद्यपि क्वाटरफाइनलमा भने उनी बंगलादेशका खेलाडीसँग हार्न पुगे । त्यसपछि सन् २०१९ मा भएको १३औं सागमा भने टिम इभेन्टमा अरहन्तले कांस्य जितेका थिए ।

नेपालमा स्क्वासको राम्रो सम्भावना हुँदाहुँदै पनि राज्यले ध्यान नदिँदा राम्रा खेलाडी गुमाउनुपरेको र उत्पादनसँगै पदक हासिल गर्न नसकेको अरहन्तको बुझाइ छ ।

‘म त परिवारिक माहोल भएकाले स्क्वास खेले । तर, नयाँँ खेलाडीका लागि खेल्ने वातावरण छैन । राज्यले साथ दिए यो खेल निकै राम्रो छ । अन्य खेलमा भन्दा यसमा पदक जित्न सजिलो छ ।’

राज्यले सहयोग गरे पछिल्ला वर्षमा नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्न सक्ने दाबी गर्छन् उनी । ‘राज्यले सहयोग र साथ दिए अनि संघ र खेलाडीले मिहिनेत रहिरहे सन् २०२८ सम्म विश्व चर्चित खेलाडी उत्पादन गर्न सक्छौं । विश्वास लाग्छ पदक पनि आउँछ ।’

यतिबेला अरहन्त चीनमा आयोजना हुने १९औं एसियन गेम्स र नवौं राष्ट्रिय खेलकुदसहित १४औं सागको तयारीमा छन् । तर सरकार र खेलकुद सरोकारवालाले खेलाडीप्रति गर्ने व्यवहारका कारण उनी निकै चिन्तित र दुखित छन् ।

‘यो खेल खेलिरहन निकै गाह्रो छ । मेडल पाएपछि मात्रै केन्द्रमा परिन्छ । मेडल कसरी हात पारिन्छ त्यता कसैको ध्यान जाँदैन । मेडल गेममा जित्ने हैन । प्रशिक्षणका कारण जित्ने हो । प्रशिक्षण राम्रो भयो भने गेममा रिजल्ट राम्रो आउँछ । तर त्यता कसैको ध्यान जाँदैन,’ उनले भने ।

यी त भए दुःखका कुरा । अब अरहन्तलाई मन छ देशका लागि स्वर्ण पदक जिताउने  । उनी चाहन्छन् स्क्वासमा देशलाई स्वर्ण पदक दिलाउँदै राष्ट्रिय गान गाउने ।

‘२७ वर्षसम्म खेल्छुहोला । मेरो खेल जीवनमा एउटै लक्ष्य छ, देशलाई स्वर्ण पदक जिताउने र नेपाली झण्डालाई शिरमा राखेर राष्ट्रिय गान गाउन मन छ । यो सम्भव छ । तर असम्भव पनि । सम्भव बनाउन मैले अहिलेदेखि नै त्यसका लागि तयारी गर्नुपर्छ,’ अरहन्त लक्ष्य सुनाउँछन् ।   


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP