माघ २, २०८१ बुधबार | १७:३५:११
पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित

करातेका उम्दा खेलाडी विप्लवलाल चर्चाको होडमा

काठमाडौं । करातेका उम्दा खेलाडी विप्लवलाल श्रेष्ठलाई भेट्नासाथ नै ‘पोजिटिभ भाइब्स’ मात्रै आउँछ । उनको मुहारमा सदाबहार एक विशेष खाले हाँसो देख्न सकिन्छ । 

उनीसँग एक क्षण मात्र कुराकानी गर्दा नै उनी कति मिजासिला छन् भनेर ठ्याक्कै थाहा हुन्छ । उनको व्यक्तित्व जत्ति नै हँसिलो भए पनि जब उनी खेलाडीका रूपमा भिड्न डोजोमा उत्रिन्छन्, उनी असाध्यै आक्रामक देखिन्छन् । नेपाली करातेका पछिल्लो पुस्ताका यी स्टार खेलाडीको अन्दाज बेग्लै छ ।

श्रेष्ठको सारा परिवार नै खेलकुदमय छ । उनका बुवा विजेन्द्रलाल श्रेष्ठ आफ्नो समयका खेलाडी थिए जसले करातेदेखि फुटबलसम्मका खेलहरु खेले । अझ उनका काका सुरेन्द्रलाल श्रेष्ठ त अन्तर्राष्ट्रिय कराते मञ्चमा नेपालको तर्फबाट सफल खेलाडी बन्न पुगे । उनको सबैभन्दा ठूलो उपलब्धि भनेको सन् १९९९ मा काठमाडौँमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि जितेको स्वर्ण पदक हो । त्यो समयमा उनको स्टारडम गजबको थियो ।

काकाको उक्त उपलब्धीलाई नजिकबाट हेर्ने मौका पाएका विप्लवलाललाई पनि लाग्यो कि आफूले पनि केही गरेर देखाउनुपर्छ । त्यसैको लक्ष्यअनुरुप उनी कराँतेमा लाग्न पुगे । सुरुवाती दिनमा आफ्नी आमा शान्ता श्रेष्ठको हात समातेर कराँतेको यात्रा गरेका श्रेष्ठले आखिरमा आफ्नो काकालेसरी सफलता प्राप्त गरे । सन् २०१९ मा काठमाडौंमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कराँतेतर्फ स्वर्ण पदक हाँसिल गरेर उनले आफ्नो नाम इतिहासमा लेखाउन सफल भए ।

श्रेष्ठले सफताको बाटो पछ्याउन कहिले पनि छाडेनन् । चीनको हाङचाउमा भएको १९औं एसियाली खेलकुदमा उनले गजबको प्रदर्शन देखाएर दुई बाउट जित्न सफल भए । त्यसको ठीक अगाडि इन्डानेसियाको जकार्तामा भएको विश्व सितोरियो कराँते च्याम्पियनसिपमा भने उनले रजत पदक जितेका थिए । गत वर्ष गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदमा कुमितको खुला तौल तर्फ पनि उनले स्वर्ण जिते । साथै पहिलो एनआरएनए राष्ट्रिय च्याम्पियनसिप र दोस्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते च्याम्पिनसिपमा पनि उनले स्वर्ण पदक हात पारे ।

करातेमा पाएको सफलताको फलस्वरुप नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको २०औं संस्करणको पिपल्स च्वाइस अवार्डमा उनी पनि मनोनयनमा परेका छन्। विप्लवलालसँगै अन्य चार खेलाडीहरु पनि यस अवार्डका लागि मनोनयनमा पर्न सफल भएका छन् । अन्य खेलाडीहरु फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना, टेबल टेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ हुन् । उक्त अवार्ड समारोह माघ २८ मा हुँदै छ । यो विधाका सम्भाविता बलिया विजेता विप्लवलाल श्रेष्ठ नै हुन् । विप्लव खेलाडीका रूपमा नेपाल पुलिससँग आवद्ध छन् ।

नेपाल पुलिस भित्रका खेलकुदप्रेमीहरु उनलाई जिताउन लागि परिरहेका छन् । विजेता चयन खेलाडीले प्राप्त गरेको भोटिङको आधारमा हुनेछ । त्यसमा इ–सेवा भोटिङ, आयोजक मञ्चका सदस्यको मत, सामाजिक सञ्जालबाट आउने मत तथा २७ खेलका प्रमुख प्रशिक्षकको मत समावेश हुनेछ भने त्यसमा इ-सेवाको मतले ५० प्रतिशत भाग ओगट्नेछ । सामाजिक सञ्जालको मतले २५ प्रतिशत भाग ओगट्नेछ । त्यसैले यी दुई माध्यमहरु बिजेता चयनमा हाबी हुनेछन् । विप्लवलालको प्रशंसकहरुका लागि उनको नाममा मतदान गर्ने यही नै उपयुक्त समय हो ।  
 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO