माघ ९, २०८२ शुक्रबार | ०२:५१:०८
एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल एनआरटीले काँक्रेबिहारलाई हरायो, संकटा र फ्रेन्ड्सको खेल गोलरहित नेपालको चुनौती सकियो, माल्दिभ्स उपाधि नजिक चर्च ब्वाइजविरुद्ध एपिएफको सहज जित नेदरल्यान्ड्ससँग नेपालको दूर्भाग्यजनक हार नेपाललाई २ रनले हराउँदै नेदरल्यान्ड्स सुपर ६ मा नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य नेपालविरुद्ध टस जितेर नेदरल्यान्डस् ब्याटिङ गर्दै वेष्ट इन्डिजविरुद्धको शृंखला अफगानिस्तानलाई अभिषेक चम्किएपछि भारतले पहिलो खेलमा न्युजिल्यान्डलाई हरायो अल नासरको जितमा रोनाल्डोको गोल

खेलकुदमा विभेद किन?: युवराज लामा

काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले युवा तथा खेलकुद मन्त्रालय र नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट आफूहरुलाई अन्याय भएको गुनासो गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यले करातेलाई विभेद गरेको आरोप लगाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गरिएकै दिन लामाको यस्तो अभिव्यक्ति आएको हो ।

लामाले फेसबुकमा लेखेका छन्,‘नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राखेपले क्रिकेट, भलिबल र फुटबल खेलाडीलाई दक्षिण एसियाली प्रतियोगितामा पाएको सफलता बमोजिम खेलकुद नियमावली अनुसार नगद पुरस्कारसहित सम्मान गरेको छ । तर, कराते खेलाडीलाई नियमावलीमा लेखिए पनि आवश्यक पुरस्कार दिइएको छैन । यस्तो किन ? खेलकुद क्षेत्रमा यस्तो विभेद किन ?’

‘खेलकुदको नियामक निकायले विभन्न बहाना बनाएर संघले पाउनु पर्ने पुरस्कार प्रदान गरेको छैन,’ राखेपका पूर्व सदस्य सचिव समेत रहेका लामा प्रश्न गर्छन्, ‘खेलकुदमा जंगे नियम लागु भएको हो रु वार्षिक तलब भत्ता र विदेश भ्रमणमा अरबौं खर्च गर्नै अनि खेलाडीलाई दिनु पर्ने रकममा चाहिँ कञ्जुस्याइँ किन रु खेलाडीले खेलेन भने मन्त्रालय र राखेप केको लागि ? ’

पुरस्कार पाउनेमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोली, एसियाली कराते च्याम्पियनसिपमा रजत पदक विजेता खेलाडी एरिका गुरुङ र मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र  काभा विच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी र प्रशिक्षक रुपेशकुमार विष्ट छन् ।
 


भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate