चैत्र १३, २०८२ शुक्रबार | १७:५४:५८
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

खेलकुदमा विभेद किन?: युवराज लामा

काठमाडौं । नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले युवा तथा खेलकुद मन्त्रालय र नेपाली खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट आफूहरुलाई अन्याय भएको गुनासो गरेका छन् ।

उनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत राज्यले करातेलाई विभेद गरेको आरोप लगाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कारसहित सम्मान गरिएकै दिन लामाको यस्तो अभिव्यक्ति आएको हो ।

लामाले फेसबुकमा लेखेका छन्,‘नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय र राखेपले क्रिकेट, भलिबल र फुटबल खेलाडीलाई दक्षिण एसियाली प्रतियोगितामा पाएको सफलता बमोजिम खेलकुद नियमावली अनुसार नगद पुरस्कारसहित सम्मान गरेको छ । तर, कराते खेलाडीलाई नियमावलीमा लेखिए पनि आवश्यक पुरस्कार दिइएको छैन । यस्तो किन ? खेलकुद क्षेत्रमा यस्तो विभेद किन ?’

‘खेलकुदको नियामक निकायले विभन्न बहाना बनाएर संघले पाउनु पर्ने पुरस्कार प्रदान गरेको छैन,’ राखेपका पूर्व सदस्य सचिव समेत रहेका लामा प्रश्न गर्छन्, ‘खेलकुदमा जंगे नियम लागु भएको हो रु वार्षिक तलब भत्ता र विदेश भ्रमणमा अरबौं खर्च गर्नै अनि खेलाडीलाई दिनु पर्ने रकममा चाहिँ कञ्जुस्याइँ किन रु खेलाडीले खेलेन भने मन्त्रालय र राखेप केको लागि ? ’

पुरस्कार पाउनेमा दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपविजेता नेपाली टोली, एसियाली कराते च्याम्पियनसिपमा रजत पदक विजेता खेलाडी एरिका गुरुङ र मुख्य प्रशिक्षक कुशल श्रेष्ठ र  काभा विच महिला तथा पुरुष भलिबल प्रतियोगितामा विजेता कमला पुन, मनिषकुमारी चौधरी र प्रशिक्षक रुपेशकुमार विष्ट छन् ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो