माघ २, २०८१ बुधबार | १७:४३:४८
पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित पुलिस ९५ रनले अगाडि सुदूरपश्चिमको लगातार दोस्रो जित एपिएफले बागमतीलाई हरायो खेलाडीकर्मी बुद्ध तामाङ झापा गोल्डकपको सचिवमा निर्विरोध चयन खो-खो विश्वकप: पुरुषतर्फ नेपालको लगातार दोस्रो जित एपिएफको रोमाञ्चक जित जोकोभिच तेस्रो चरणमा एपिएफ लगातार दोस्रो खेलमा विजयी खुमलटारविरुद्ध पुलिसको सानदार जित नेपाल दोस्रो अभ्यास खेलमा पनि पराजित

करातेको रेफ्री तथा कोच सेमिनार सुरु

काठमाडौं । नेपाल कराते महासंघको आयोजनामा एसियाली कराते महासंघ ९एकेएफ० रेफ्री तथा कोच सेमिनार बुधबारदेखि सुरु भएको छ । 

सेमिनारमा नेपाल, बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका गरी पाँच राष्ट्रको सहभागिता रहेको मिडिया संयोजक एवं आठौं दक्षिण एसियाली खेलकुदअन्तर्गत करातेका स्वर्ण विजेता रवि महर्जनले जनाएका छन् ।

सेमिनारमा नेपालबाट ८०, बंगलादेशबाट २६, पाकिस्तानबाट एक , भारतबाट ४० र श्रीलंकाबाट ११ जना सहभागी छन् । सेमिनार एकेएफअन्तर्गत रेफ्री कमिसनका अध्यक्ष मन्सुर अल सुल्तान, सचिव माइकल हुवाङ तथा सदस्य अस्कर र जाबर तथा नेपाल कराते महासंघअन्तर्गत रेफ्री कमिसनका संयोजक प्रकाशमोहन धौवडेलले सञ्चालन गरिरहेका छन् ।

नेपाल कराते महासंघले आयोजना गर्ने सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपको पूर्वसन्ध्यामा सेमिनार आयोजना गरिएको हो ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शनिबारदेखि सुरु हुँदैछ । गोदावरीको भ्यु भृकुटिमा भइरहेको सेमिनार बिहीबार सम्पन्न हुनेछ ।

 


भिडियो
भारतमा Pro Kabaddi League जितेका Ghanashyam Roka magar भन्छन्, ' NKL का लागि उत्साहित छु'
बाढीले हरिबिजोग CHYASAL NATIONAL STADIUM , पुननिर्माण सुरु
Waling VS Bagmati : Dilip Thapa Coach waling POST-MATCH PRESS CONFERENCE ANFA Women's League
Waling VS Bagmati : Sonam lama Coach BYC POST-MATCH PRESS CONFERENCE ANFA Women's League
खेलाडीले जिम्मेवारी बखुबी निभाए : Jibesh Pandey ।। Head Coach, APF Club
यति धेरै गोल खाइन्छ भन्ने सोचेको थिइन : Bhola Nath Silwal ।। Head Coach, NPC
Under-19 Women's T20 World Cup जितेर आउछौ : CAPTIAN PUJA MAHATO