वैशाख २७, २०८२ शनिबार | १६:३७:४०
सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक सानदार जितसहित गोदावरी सेमिफाइनलमा मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक

पुरुष फुटबल टोलीले दशरथ रंगशालामा पचासौै खेल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले बुधबार दशरथ रंगशालामा पाकिस्तानसँग मैत्रीपूर्ण खेल खेल्दैछ । फिफाले मान्यता दिएको सो खेल साझ ५ बजे सुरु हुनेछ । यो खेलसँगै दशरथ रंगशाला र पुरुष फुटबल टोलीले एक उपलब्धी पाउने पक्का भएका छ । पुरुष फुटबल टोलीले दशरथ रंगशालमा खेल्ने यो ५०औं खेल हुनेछ ।

फुटबल टोलीले २०४४ सालमा दशरथ रंगशालामा पहिलो खेल खेलेको थियो । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपालले माल्दिभ्सविरुद्ध मैदान उत्रिएको हो । यो मैदान राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत रहेको छ । राखेपले एन्फालाई भाडामा प्रतियोगिता आयोजना गर्न दिँदै आएको छ ।

यद्यपि दशरथ रंगशालाको पहिले र अहिलेको स्वरुप भने फेरिएको छ । तत्कालिन समय नाङ्गो रहेका प्यारापिट अहिले भने व्यवस्थित पारिएको छ । प्यारापिटको चारैतर्फी फाब्रिकको छानाले ढाकिएको छ । तत्कालिन समय दर्शक प्यारापिटबाट सहजै मैदान प्रवेश गर्नेहुँदा, अहिले त्यो पूर्वाधारलाई सुधार गर्र्दै व्यवस्थित पारिएको छ ।

२०७५ सालमा भएको १३औं सागसँगै दशरथ रंगशालाले थप व्यवस्थित स्वरुप पाएको हो । प्यारापिटको चारैतर्फ सिट जडान गरिएको छ । स्कृन बोर्ड नयाँ राखिएको छ । साउन्ड सिस्टम व्यवस्थित पारिएको छ । २०७२ साल चैतमा गएको भूकम्पको कारण रंगशालामा क्षति पुग्दा खेल्न नसक्ने अवस्थामा पुगेको थियो । यसपछि पूननिर्माण गर्दै सेन्थेटिक ट्रयाक सहित रंगशाला व्यवस्थित बनाइएको हो ।

रंगशालामा निर्माणसँगै नेपालले १३औं साग भव्य रुपमा सम्पन्न गरेको थियो । यसैगरी पुरुष फुटबलका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल आयोजना भएका छन् । महिला फुटबल टोलीले केहि मैत्रीपूर्ण र महिला साफ च्याम्पियनसिप खेले ।

फिफा प्रतिबन्धबाट फुकुवा भएको पाकिस्तान एक मैत्रीपूर्ण खेलको लागि आइतबार नेपाल आइसकेको छ । नेपाल र पाकिस्तानबीच आठ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । आन्तरिक द्वन्द र बाह्यशक्तिको हस्तक्षेपसँगै फिफाले पाकिस्तानलाई प्रतिबन्ध गरेको थियो । पाकिस्तानविरुद्ध रक्षक रोहित चन्दले नेपालको कप्तानी आर्म ब्यान्ड लगाउनेछन् । कार्यवहाक प्रशिक्षकमा प्रवेश कटुवाल रहेका छन् । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP