वैशाख २७, २०८२ शनिबार | १५:२२:०४
मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर मध्यपुरले कुमारीलाई हरायाे दक्षिणकाली सेमिफाइनलमा बाहिरियो चन्द्रागिरी नेपालको सहज जित आर्सनलका लागि उपाधि अझै केवल रहस्य फेरिएको केनको भाग्य चेन्नईको किन भयो खराबभन्दा खराब लय ? अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर

रोनाल्डोको बर्हिगमनपछि क्षमता प्रमाणित गर्न पाएः बेन्जेमा

मड्रिड । पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले स्पेनिस ला लिगाको क्लब रियाल मड्रिडमा रहँदा फ्रान्सेली स्ट्राइक करिम बेन्जेमालाई मैदान भित्र र बाहिर धेरै सहयोग गरे । तर बेन्जेमाले भने रोनाल्डो सान्टियागो बर्नाबेउबाट अन्यत्र गएपछि मात्र आफ्नो क्षमता अनुसारको अवसर पाएको प्रतिक्रिया दिएका छन् ।

रियालका सर्वकालिन गोलकर्ता समेत रहेका रोनाल्डोले टोलीका लागि सन् २००९ देखी २०१८ सम्म सबै खाले प्रतियोगिता गरि कुल ४ सय ५० गोल गरेका थिए । रोनाल्डो रियालबाट युभेन्टस पुगेका थिए । 

रोनाल्डो बाहिरिएपछिको पछिल्लो चार सिजन बेन्जेमाले १ सय ३१ गोल गरिसकेका छन् । रोनाल्डो हाल इङलिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडमा छन् । जहाँ उनी सन्तुष्ट भने छैनन । उनी सरुवा बजार बन्द भएपछि पनि युनाइटेडमै रहन्छन् भन्नेमा अझै दुबिधा छ । तर बेन्जेमा भने कार्लो एन्सेलोट्टीका लागि यस सिजन पनि प्रमुख खेलाडी हुने पक्का छ ।

च्याम्पियन्स लिग विजेता रियालले आज युइएफए सुपर कपमा युरोपा लिग विजेता फ्रयांकफर्टको सामना गर्दैछ । 

सान्टियागो बर्नाबेउमा रहँदा  रोनाल्डोले मलाई मैदान भित्र र बाहिर धेरै सहयोग गरे । हाम्रो साझेदारी मिलेको थियो,'बेन्जेमाले भने, ‘तर मैले उनी यहाँबाट बाहिरिएपछि धेरै भन्दा धेरै गोल गर्न सफल भए । यो सत्य हो । उनी बाहिरिएपछि मैले धेरै भन्दा धेरै अवसर पाए ,जसबाट  मैले आफ्नो क्षमता समेत प्रमाणित गरे ।’

बेन्जेमाकै प्रेरणामा रियालले गत सिजन स्पेनिस ला लिगा र च्याम्पियन्स लिगको उपाधि जितेको थियो । त्यसैले यस पटक उनलाई बालोन डी अर को प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP