काठमाडौं । साबिक विजेता लिभरपुलले इङ्लिस प्रिमियर लिगमा आइतबार आर्सनलविरुद्ध १-० को कठिन जित निकालेको छ ।
लगातार तेस्रो जितसँगै तीन खेलमा ९ अंक जोडेको लिभरपुल शीर्षस्थानमा उक्लिएको छ । पहिलो हार बेहोरेको आर्सनल समान खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा छ ।
एनफिल्डमा डोमोनिक स्जोबोस्जलाइले गरेको एकमात्र गोल घरेलु टोली लिभरपुललाई जित दिलाउन पर्याप्त बन्यो । उनले ८३औं मिनेटमा गोल गरेका थिए ।
आइतबारै सम्पन्न अन्य खेलमा ब्राइटनले म्यानचेस्टर सिटीलाई २-१ तथा क्रिस्टल प्यालेसले एस्टन भिल्ला र वेस्टह्याम युनाइटेडले नटिङघम फरेस्टलाई समान ३-० ले पराजित गरे ।
भिडियो
NEPAL NATIONAL MEN'S FOOTBALL TEAM TRAINING VIDEO
धेरै भयो नेपालको लागि गोल नगरेको, गोल गर्न यो राम्रो समय हो ll ANJAN BISTA
KHELADI TALKS WITH AJAY PHUYAL II NIRUTA THAGUNNA II MARQUEE PLAYER , MADHESH UNITED II EWVL
Karnali Yashvis को तयारी तिब्र गतिमा ll Training Video
अघिल्लो बर्ष भन्दा यो बर्ष बिदेशी खेलाडि राम्रा छन ll MARQUEE ll SUMITRA REGMI ll KARNALI YASHVIS
Private video
यो पालि Title जोगाउन चुनाैति छ ll Head Coach ll Kumar Rai ll Karnali Yashvis