वैशाख २६, २०८२ शुक्रबार | २२:५२:३८
अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक

सहज जित निकाल्दै एपिएफ फाइनलमा

 नेपालगञ्ज  । रौतहट जिल्ला फुटबल संघविरुद्ध ३-० को सहज जित निकाल्दै विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार बाँकेको नेपालगञ्ज रंगशालामा भएको दोस्रो सेमिफाइनलमा एपिएफलाई जिताउन अनिता केसी, सविता रानामगर र निशा थोकरले गोल गरे ।

एपिएफकी अनिता केसी खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।

उपाधिका लागि एपिएफले अर्को विभागीय टोली नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । फाइनल बैशाख १२ गते हुनेछ । मंगलबार भएको खेलमा पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सडनडेथमा हराउँदै फाइनलमा स्थान बनाएको हो ।

एपिएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपिएफले महिला लिगको उपाधि पनि जितेको थियो ।

 अनिताले ७३औं मिनेटमा एपिएफलाई अग्रता दिलाइन् । वैकल्पिक खेलाडी रेनुका हमालले मिलाएको बललाई अनिताले सहज गोल गरेकी हुन् । सात मिनेट पछि नै निशाले टोलीको अग्रता दोब्बर बनाइन् । कप्तान अनिता बस्नेतको कर्नरलाई अनमार्क रहेकी निशाले  हेडमार्फत सहजै पोस्टको दिशा दिइन् ।

सविताले ९०औं मिनेटमा तेस्रो गोल गरिन् । सरु लिम्बुको शक्तिशाली प्रहार रौतहटकी गोलकिपर उषा थापाले पञ्च गर्दै बचाउन खोजे पनि प्राप्त रिबाउन्डलाई निशाले जाली चुमाइन् ।

यसअघि एपिएफले कर्णाली प्रदेशलाई ६-० तथा रौतहटले घरेलु टोली बाँके-११ लाई ३-० ले हराउँदै फाइनल यात्रा तय गरेका थिए ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघ सहकार्यमा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP