वैशाख २६, २०८२ शुक्रबार | २२:४७:३३
अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक अरुणा शाही र विश्वास अधिकारी वर्ष खेलाडी रुपेश जैसवाल च्याम्पियन एन्फाको वार्षीक क्यालेन्डर सार्वजनिक बराबरीमा रोकिए तारकेश्वर र कीर्तिपुर एक साताका लागि रोकियो आइपिएल एनभिए लिगमा १४ टोली भारत-पाकिस्तान तनावका कारण आइपिएल स्थगित नेपाल र हङकङबीचको खेल रद्द पूर्व अध्यक्ष थापालाई एन्फा साधारण सभामा रोक टोटनहम उपाधि नजिक

पोखरा दोस्रो क्वालिफायरमा

चितवन (निलो जर्सी) विरुद्ध बल अगाडि बढाउँदै जो आयडु, तस्विरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । जो आइडुको उत्कृष्ट प्रदर्शनप्रेरित पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न इलिमिनेर राउन्डमा पोखराले एफसी चितवनविरुद्ध ३-० को सहज जित दर्ता गर्यो ।  पराजित चितवनको यात्रा भने प्ले अफमै सीमित बनेको छ । 

अब पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीको सामना गर्नेछ । धनगढीले पहिलो क्वालिफायरमा ललितपुर सिटी एफसीसँग २-१ को हार बेहोरेको थियो ।

पोखरालाई जित दिलाउन आइडुले दुई गर्दा एक गोल आत्मघाती उहारस्वरुप प्राप्त भयो ।  तीन गोल दोस्रो हाफमा भएका थिए ।

खेलकाे ६३औं मिनेटमा चितवनका रक्षक अभिषेक लिम्बुबाट आत्मघाती गोल हुन पुग्दा पोखराले अग्रता लिएको थियो । पोखराका स्टेफन समीर विनोङको प्रहालाई चितवनका गोलकिपर अमाल नाइटले पूर्ण रुपमा नियन्त्रणमा लिन सकेनन्। उक्त बललाई पोखराका मार्की प्लेयर समीर तामाङले क्रस गर्दा अभिषेकलाई लाग्दै गोलमा परिणत भयो ।

पोखरा र चितवन (निलो जर्सी) प्रतिस्पर्धा गर्दै, तस्विरः सरोज सापकोटा/खेलाडी । 

आइडुले ७२औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । छिरिङ गुरुङको प्रहार बल क्रस बारमा लागेर फिर्ता भएको थियो । उक्त रिबाउन्डलाई उनले सहज पोस्टको दिशा दिए ।

 चार मिनेटपछि नै आइडुले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । चन्दन दासको पासमा आइडुले बक्स भित्रबाट वान टचमौ जाली चुमाए । 

लिग चरणबाट चितवन तेस्रो र पोखरा चौथो स्थानमा रहँदै प्ले अफमा पुगेका थिए । यससँगै पोखराले लिग चरणमा बेहोरेको हारको बदला पनि लिएको छ । 

सिजनको पहिलो भेटमा चितवन २-० ले विजयी भएको थियो ।


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP