काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा झापाले पहिलो अंक जोड्दा ब्वाइज युनियनले लगातार तेस्रो खेलमा बराबरी खेलेको छ ।
शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालय मैदानमा ब्वाइज युनियन र झापाले १-१ को बराबरी खेलेका हुन् । दुवै गोल पहिलो हाफमा भएका थिए ।
पहिलाे हाफको अन्तिम मिनेटमा झापाले निकेश श्रेष्ठको गोलमा अग्रता लियो । तर, यो अग्रता धेरै बेर टिक्न सकेन । इन्जुरी समयमा ब्वाइज युनियनका लागि सञ्जीव लामाले बराबरी गोल फर्काए ।
पहिलो जितको खोजीमा रहेका दुबै टोलीले दोस्रो हाफमा गोलका केही अवसर सृजना गरे । तर, गोल भने हुन सकेन । यो नतिजासँगै ब्वाइज युनियन तीन अंक जोड्दै अंकतालिकाको सातौं स्थानमा उक्लियो छ । झापा १२औं स्थानमा यथावत छ ।
दिनको दोस्रो खेलमा बिग्रेड ब्वाइज क्लबले बाँसबारी क्लबको सामना गर्नेछ । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
भिडियो
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC
यसपटक पनि फाइनल पुग्ने चाहना छ II Devendra Tamang , Dhangadhi FC
Striking zone हाम्रो बलियो पक्ष्य हो II BHOLA SILWAL : ASSISTANT COACH, DHANGADI FC
विगतका संस्करणमा चुक्यौं, यसपाली जित्छौं II Jaya Gurung , FC Chitwan