काठमाडौं । जर्मन क्लब उल्भ्सबर्गविरुद्ध समग्रमा १०-१ को जित निकाल्दै बार्सिलोना युइएफए महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार सम्पन्न दोस्रो लेगमा स्पेनिस क्लब ६-१ ले विजयी भयो । पहिलो लेगमा बार्सिलोनाले ४-० को जित निकालेको थियो ।
जोन क्रुप रंगशालामा घरेलु टोली बासिलोनलाई जित दिलाउन सलमा पारल्युलो र क्लाउडिया पिनाले समान दुई तथा इस्मी ब्रुग्ट्स र मापी लियोनले समान एक गोल गरे । उल्भरह्याम्पटनका लागि लिनथ बिरेनस्टेनले गोल फर्काइन् ।
खेलको १०औं मिनेटमा पारल्युरोलोको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । १० मिनेटपछि उनैले टोलीको अग्रता दोब्बर बनाइन् ।
ब्रुग्ट्सले ४१औं मिनेटमा गोल गर्दा बार्सिलोनाको अग्रता ३-० मा पुग्यो । ६२औं मिनेटमा पिनाले टोलीका लागि चौथो गोल गरिन् ।
बिरेनस्टेनले ७२औं मिनेटमा गरेको गोल उल्भ्सबर्गका लागि सान्त्वाना बन्यो । ७७औं मिनेटमा पिनाले व्यक्तिगत दोस्रो गोल गर्दा बार्सिलोना ५-१ ले अगाडि बढ्यो ।
इन्जुरी समयमा लियानले गोल गर्दा बार्सिलोनाले ६-१ को सनदार जित दर्ता गर्यो ।
बार्सिलोनाले फाइनल प्रवेशका लागि इङ्लिस क्लब चेल्सीको सामना गर्नेछ । चेल्सीले म्यानचेस्टर सिटीविरुद्ध समग्रमा ३-२ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो ।