नेपालगञ्ज । लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको पूर्व तयारीका क्रममा शुक्रबार नेपालगञ्ज रंगशालामा महिला जनप्रतिनिधि र पत्रकार महिलाबीच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।
उक्त मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बाँकेबाट प्रतिनिधित्व गर्ने सांसद, जनप्रतिनिधि र पत्रकार महासंघका पदाधिकारीसहितका पत्रकार महिलाको सहभागिता रहने आयोजक अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले बताए । दुवै टोलीले १८ जना खेलाडी राख्न पाउनेछन् ।
मैत्रीपूर्ण फुटबल प्रतियोगिताको पूर्व ओलम्पियक, अन्तर्राष्ट्रिय पदक विजेता लुम्बिनी प्रदेशका पूर्व मन्त्री सुरेन्द्रबहादुर हमालले उद्घाटन गर्नेछन् ।
अन्तरालको आयोजनामा प्रतियोगिता आगामी बैशाख ५ देखि १५ गतेसम्म हुदैछ । प्रतियोगितामा नेपाल र भारतका आठ टीमको सहभागिता जनाउने छन् ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC