काठामडौं । महिला सुपर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीविरुद्ध समग्रमा ३-२ को जित दर्ता गर्दै चेल्सी युइएफए महिला च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको थियो ।
बिहीबार घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न दोस्रो लेगमा चेल्सीले ३-० को सहज जित निकाल्यो । पहिलो लेग चेल्सीले २-० ले गुमाएको थियो ।
चेल्सीलाई जित दिलाउन स्यान्डी बाल्टिमोर, नाथली ब्योर्न, मायरा रामिरेजले गोल गरे । तीनै गोल पहिलो हाफमा भएका थिए ।
खेलको १४औं मिनेटमा बाल्टिमोरको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो । ३८औं मिनेटमा ब्योर्नले टोलीको अग्रता दोब्बर बनाइन् ।
पहिलो हाफको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा रामिरेजले गोल गर्दा चेल्सीको अग्रता ३-० मा पुग्यो । त्यसपछि थप गोल निस्कन सकेन ।
चेल्सीले सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोनाको सामना गर्नेछ । बार्सिलोनाले जर्मन क्लब उल्भ्सबर्गविरुद्ध समग्रमा १०-१ को एकतर्फी जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेको हो ।