चैत्र १९, २०८१ मंगलबार | ०६:२८:३७
जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती जब फ्रेन्चाइज खेलले ‘लोकल टूर्नामेन्ट’को महसुस गरायो कोलकाताले दियो मुम्बईलाई ११७ रनको लक्ष्य चिवतनले पोखरालाई हरायो कोलकाताविरुद्ध फिल्डिङ गर्दै मुम्बई पोखराविरुद्ध पहिलो हाफमा चितवनलाई अग्रता लाइपजिगका प्रशिक्षक मार्को रोज बर्खास्त बोर्खा गोलानले नेपाली स्क्वास खेलाडीलाई प्रशिक्षण दिने राजस्थान रोयल्सका कप्तान रियान परागलाई १२ लाख जरिवाना ज्याकुब मेन्शिकले जिते मियामी ओपनको उपाधि कोलकातालाई मुम्बईको चुनौती

बार्सिलोनालाई तीन अंकको अग्रता

काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगामा बिहीबार राति ओसासुनालाई ३–० ले हराउँदै तीन अंकको अग्रता बनाएको छ ।

घरेलु मैदानमा ४३ हजार समर्थमाझ बार्सिलोनालाई जित दिलाउन फेरान टोरेस, डानी ओल्मो र रोबर्ट लेवान्डोस्कीले समान एक गोल गरेका थिए ।

जितपछि बार्सिलोनाले २८ खेलबाट ६३ अंक जोडेको छ । दोस्रो स्थानको रियाल मड्रिडको ६० अंक छ । पराजित ओसासुना भने १२औं स्थानमा उक्लन असफल भयो । ३३ अंकसहित टिम १४औं स्थानमा रहेको छ ।

ओलम्पिक मैदानमा टोरेसले ११औं मिनेटमै अग्रता बनाएपछि बार्सिलोनालाई सहज जित निस्किएको थियो । एलेजान्द्रो भाल्डेले मिलाएको पासलाई बक्स भित्रबाट टोरेसले गोल गरेका हुन् ।

यसअघि बार्सिलोनाका प्रशिक्षक ह्यान्सी फ्लिकले अन्तर्राष्ट्रिय खेललगत्तै क्लब फुटबल खेल्दा खेलाडी घाइते हुने भन्दै असन्तुष्टि जनाएका थिए । खेलाडीलाई विश्राम नभएको उनको तर्क थियो ।

खेलको २१औं मिनेटमा दोस्रो पटक पाएको पेनाल्टीमा डानी ओल्माले गोल गरेका हुन् । घाइते भएपछि उनी २८औं स्थानमा मैदान छाडेका थिए । फेर्मिन लोपेजले ओल्मोका स्थान पाए ।

६८औं मिनेटमा टोरेसको स्थानमा मैदान प्रवेश गरेका लेवान्डोस्कीले ७७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाएका हुन् ।

बार्सिलानाका डाक्टर कार्लेस मिरानोको निधनपछि दुई साताअघि नै हुनुपर्ने यो खेल स्थगित भएको थियो । त्यसैले बार्सिलोनाले अन्तर्राष्ट्रिय खेलपछि विश्राम नै पाएन र मैदान उत्रनु परेको थियो । 
 


भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC