बुटवल। मछिन्द्र फुटबल क्लबविरुद्ध ४-१ को सहज जित निकाल्दै चर्च ब्वाइज युनाइटेड क्लब २३औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
देविनगरस्थित एन्फा टेक्निकल खेल मैदानमा बिहीबार सम्पन्न दोस्रो तथा सेमिफाइनलमा चर्च ब्वाइजलाई जित दिलाउन अर्मान्ड बिडोमले ह्याट्रिक गर्दा कप्तान अबायोमी फाकुल्नेको नाममा एक गाेल रह्यो । मछिन्द्रका एलेक्स विलियम्सले सान्त्वना गोल फर्काए ।
बिडोमले खेलको ३०, ४० र ४४औं मिनेटमा गोल गरे । ६०औं मिनेटमा फाकुल्नेले गोल गर्दै टोलीको अग्रता ४-० मा पुर्याए ।
निर्धारित समय सकिन तनि मिनेट बाँकी रहँदा विलियम्सले गरेको गोल मछिन्द्रका लागि सान्त्वना बन्यो ।
चर्च ब्वाइज विभागीय टोली नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ४-३ तथा मछिन्द्र एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनलाई १-० ले हराउँदै समेमिफाइनलमा प्रवेश गरेका थिए ।
अब चर्च ब्वाइजले उपाधिका लागि विभागीय टोली नेपाल एपिएफ क्लबको सामना गर्नेछ । एपिएफले संकटा क्लबलाई १-० ले हराउँदै नै फाइनल यात्रा तय गरेकाे हाे ।