बुटवल । विभागीय टोली नेपाल एपिएफ क्लब २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बुधबार सम्पन्न पहिलो सेमिफाइनलमा एपिएफले संकटा क्लबलाई १-० ले हरायो । युवराज खड्काले इन्जुरी समयमा गरेको एकमात्र गोल एपिएफलाई जित दिलाउन पर्याप्त बन्यो ।
एपिएफले आयोजक रुपन्देही-११ लाई १-० तथा संकटाले जर्जियन फुटबल क्लब, कालिम्पोङ भारतलाई ४-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेका थिए ।
एपिएफले उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुईबीचको दोस्रो सेमिफाइनल बिहीबार हुनेछ ।
भिडियो
NSL आयोजना गर्ने तरिका ठिक भएन: Suman Shrestha, Coach, Pokhara Thunders
NSL लोकल गेम जस्तो देखियो: Nabin Naupane, Coach, FC Chitwan
DHANGADI FC सँग च्याम्पियन हुनुबाहेकको विकल्प छैन II NEPAL SUPER LEAGUE NSL
नेपाली क्लबले नेपालकै गोलकिपरलाई माया गरेनन्: PUSHPA LAL SHARMA, COACH, BUTWAL LUMBINI FC ।। NSL ।।
एक अंकमा खुसी छैन: PRABESH KATWAL, COACH, JHAPA FC ।। NSL ।।
FC CHITWAN सँग कागजको छवीलाई मैदान उतार्ने चुनौती II NEPAL SUPER LEAGUE NSL
राम्रो प्रदर्शन गरेर राष्ट्रिय टोलीमा पुग्ने चाहना छ II Pasang Lama , Dhangadhi FC